काठमाडौं– बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले तयार गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिनले अनुमति पाएको छ। उक्त भ्याक्सिनले बेलायतमा आम प्रयोगका लागि अनुमति पाएको हो।
बेलायतले भ्याक्सिन निर्माता कम्पनी एस्ट्राजेनेकासँग १० करोड डोज अर्डर गरिसकेको छ। यो भ्याक्सिन एक जनालाई दुई डोज दिनुपर्ने हुन्छ।
अक्सफोर्ड–एस्ट्राजेनेका नाम दिइएको यो भ्याक्सिन निर्माणका लागि कम्पनीले २०२० को सुरुवातदेखि काम सुरु गरेको थियो। गएको अप्रिलमा पहिलोपटक यसको परीक्षण गरिएको थियो। त्यसपछि हजारौैं व्यक्तिमा क्लिनिकल ट्रायल भएपछि आम प्रयोगका लागि तयार भएको हो।
बेलायतमा कोरोनाको भ्याक्सिन लगाउने काम सुरु भइसकेको छ। अमेरिकी कम्पनी फाइजरकोे भ्याक्सिन बेलायतीहरुले लगाइरहेका छन्।