शनिबार, असार २७, २०८३

महिला टी–२० : दोस्रो जितसहित प्रदेश १ सेमीफाइनल नजिक

५४ रनको लक्ष्यका साथ मैदान छिरेको प्रदेश– १ ले चार बल बाँकी रहँदा पाँच विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।
 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

काठमाडौं–  दाङको लमहीमा जारी प्रधानमन्त्री (पीएम) कप महिला टी–२० क्रिकेटको बुधबारसम्पन्न खेलमा प्रदेश– १ ले सहज जित निकालेको छ।

समूह ‘बी’ अन्तर्गतको खेलमा प्रदेश– १ ले सुदुरपश्चिमविरुद्ध पाँच विकेटको जित निकालेको हो।

जितसँगै चार अंक जोडेको प्रदेश– १ समूहको शीर्षस्थानमा छ। टस जितेर ब्याटिङ राजेको सुदुरपश्चिमले प्रतिकुल मौसमका कारण १६ ओभरमा झारिएको खेलमा पुरा ओभर खेल्दै ८ विकेटको क्षतिमा ५३ रन जोड्यो।

५४ रनको लक्ष्यका साथ मैदान छिरेको प्रदेश– १ ले चार बल बाँकी रहँदा पाँच विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

प्रदेश १ को जितका लागि कप्तान रुबिना क्षेत्रीले १२ रन जोडिन भने टिमले अतिरिक्त १५ रन प्राप्त गरेको थियो।
अप्सरी बेगमले ९ रन बनाउनुबाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गरेनन्।

यता सुदुरपश्चिमकी दिपा जोराले दुई विकेट लिइन् भने कविता कुँवर र कविता जोसीले समान १–१ विकेट लिए।

त्यसअघि ब्याटिङमा आएकी सुदुरपश्चिमकी जोसीले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्।

बरु प्रदेश १ की संगीता राईले तीन विकेट लिइन भने सबनम राईले दुई विकेट लिइन्। त्यस्तै, रुविना क्षेत्री र निग्मा तामाङले समान १–१ विकेट लिए।

जितसँगै प्रदेश १ सेमीफाइनलको नजिक पुगेको छ।
 

प्रकाशित: Dec 30, 2020| 08:00 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।