सोमबार, भदौ २२, २०८३

कोरोनाको नयाँ भेरिएन्ट कम खतरनाक : अध्ययन

नयाँ भेरिएन्टको भाइरसको अध्ययनका लागि वैज्ञानिकहरुले १७ सयभन्दा बढी मानिसहरुको तुलनात्मक अध्ययन गरेका थिए।
 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

काठमाडौं– कोरोना भाइरसको नयाँ भेरियन्ट ज्यादा हानिकारक नभएको पाइएको छ। बेलायती वैज्ञानिकहरुको एक अध्ययनले नयाँ भेरिएन्ट पहिलेको तुलनामा कम खतरनाक रहेको निष्कर्ष निकालेको हो। 

बीबीसीका अनुसार पब्लिक हेल्थ इंग्ल्यान्डले यो अध्ययन गराएको थियो। वैज्ञानिकहरुका अनुसार नयाँ भेरिएन्ट तीव्र गतिमा फैलिन्छ तर कम घातक छ। यही डिसेम्बर मध्यतिर कोरोनाको नयाँ भेरिएन्ट पाइएको थियो।  

नयाँ भेरिएन्टको भाइरसको अध्ययनका लागि वैज्ञानिकहरुले १७ सयभन्दा बढी मानिसहरुको तुलनात्मक अध्ययन गरेका थिए।

अध्ययनबाट के निष्कर्ष निस्कियो भने दुवैखाले भाइरसबाट संक्रमित व्यक्तिको अस्पताल भर्ना हुने अवस्थामा खासै फरक छैन। लक्षणका हिसाबले पनि पनि दुवै भाइरस उस्तै छन्। तर, गम्भीर रूपमा बिरामी बनाउने क्षमता भने यसको कम पाइएको छ।  

युरोपेली संघ अन्तर्गतका आठ वटा देशमा नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ। डब्ल्युएचओका युरोपेली क्षेत्रीय निर्देशक हन्स क्युगले आफ्नो कार्यालयले अवस्थालाई गम्भीरतापूर्वक हेरिरहेको बताएका छन्।

उनले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइकासाथ पालना गर्नुपर्नेमा पनि जोड दिएका छन्। सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र साबुन पानीले हात हुने वा स्यानिटाइजरको प्रयोग गर्ने कुरालाई डब्ल्युएचओ जोड दिँदै आएको छ।

कोरोनाको पुरानो भाइरसको भन्दा फरक नतिजा देखाउँदै नयाँ प्रकारको भाइरसले युवाहरुलाई बढी प्रभावित पारेको देखिएको छ।

प्रकाशित: Dec 30, 2020| 05:58 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।