धनगढी- सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका-३ का ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो।
कोरोना संक्रमण पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका ती पुरुषको आज बिहान ६ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
उनलाई मिर्गौला र श्वासप्रश्वासमा समस्या रहेको श्रेष्ठले जानकारी दिए।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ।