सोमबार, भदौ २२, २०८३

पाथीभरा क्षेत्रकाे जंगलमा डढेलाे, संकटमा रेडपाण्डा

पाथीभरा क्षेत्रको जंगलमा लागेको डढेलाेले चरन क्षेत्र र वासस्थान नष्ट गर्दा रेडपाण्डा संकटमा परेका छन्।
 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

पाथीभरा क्षेत्रको जंगलमा लागेको डढेलाेले चरन क्षेत्र र वासस्थान नष्ट गर्दा रेडपाण्डा संकटमा परेका छन्।

ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा क्षेत्रको जंगलमा भएको आगलागीले रेडपाण्डा (रातो हाब्रे)को चरन तथा वासस्थानमा क्षति पुगेको छ। 

डढेलोले वासस्थान खरानी बनाएपछि रेडपाण्डा संकटमा परेको छ। 

६ दिनदेखि सुरु भएको डढेलो नियन्त्रणमा आउन नसक्दा पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी दिए। 

डढेलो फैलिने क्रम जारी रहेकाले कति वन क्षेत्र डढेलोले नष्ट गर्छ, अहिले आकलन गर्न नसकिने शेर्पाले बताए। 

पाथीभरा क्षेत्रको वनमा ८० हेक्टरभित्रको ब्लकमा आठदेखि ११ सम्म रेडपाण्डाको राम्रो चरन तथा वासस्थान भएको रेडपाण्डा क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए। 

रेडपाण्डाको वासस्थान पूरै डढेलोले खरानी बनाएपछि कति रेडपाण्डा अर्को स्थानमा जान सफल भए वा कति आगोले जलेर मरे अहिले अनुमान गर्न नसकिएको राईले बताए। 

आगलागीका कारण पाथीभरा क्षेत्रको फावाखोला जंगल र सिकैचा क्षेत्रको जंगलसमेत जलेको छ।

हावा चलेकाले पनि आगो एक क्षेत्रबाट अर्को क्षेत्रमा सजिलै फैलिरहेको पाथीभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्लेले बताए। 

हिउँ वा पानी नपरेसम्म आगो निभाउन सक्ने अवस्था नरहेको निर्देशक काफ्लेको भनाइ छ। 

पाथीभरा क्षेत्रको पश्चिमपट्टि रहेको मयाम पाताल जंगलमा आगो प्रवेश गरे मानव वस्तीमा पनि क्षति हुने उनले बताए। 

काठमाडौंबाट आएको सिम्रिक एयरको हेलिकोप्टरले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि आगो पूर्णरूपमा निभेको छैन।

सोमबार हेलिकोप्टरबाट पाँच पटकसम्म पानी खसाले पनि आगो निभेको थिएन। गत बिहीबारदेखि फुङलिङ नगरपालिका–११, फावाखोलामा रहेको सिम्बु सामुदायिक वन क्षेत्रमा लागेको डढेलो पाथीभरा मन्दिर नजिकै पुगेको हो।

आगलागीको कारण अझै खुलेको छैन। स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाउने प्रयास गरिरहेका छन्। रासस

प्रकाशित: Dec 30, 2020| 03:53 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।