शनिबार, असार २७, २०८३

इन्ज्युरी समयको गोलले युनाइटेड ईपीएलको दोस्रो स्थानमा

उल्भरह्याम्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग (ईपीएल)को दोस्रो स्थानमा उक्लिएको छ।
 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

काठमाडौं- उल्भरह्याम्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग (ईपीएल)को दोस्रो स्थानमा उक्लिएको छ।

ओल्ड ट्राफोर्डमा मंगलबार राति सम्पन्न खेलमा पाहुना टिमविरुद्ध १-० गोलको संघर्षपूर्ण जित निकाल्दै युनाइटेड दोस्रो स्थानमा उक्लिएको हो।

निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी भएको खेलमा मार्कस रासफोर्डले इन्ज्युरी समयमा निर्णायक गोल गर्दै घरेलु टिमलाई जित दिलाए।

ब्रुनो फर्नान्डेसको पासलाई उपयोग गर्दै सारफर्डले इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गर्दै क्लबको तीन अंक सुरक्षित गरे।

थपिएको तीन अंकसाथै ३० अंक जोडेको युनाइटेड शीर्षस्थानको लिभरपुलभन्दा दुई अंकले पछि छ।

लिगलिडर लिभरपुल हुँदा युनाइटेड दोस्रो स्थानमा रहेको यो दोस्रो पटक हो। यसअघि १९९६ को सिजनमा पनि युनाइटेड एकपटक लिभरपुललाई पछ्याउँदै दोस्रो स्थानम थियो।

मंगलबार राति प्राप्त गरेको तीन अंक ठूलो उपलब्धि भएको युनाइटेडका प्रशिक्षक ओले नगर सोल्सायरले बताएका छन्।

‘सिजन सुरु भएयता हामीले ठूलो अंक प्राप्त गरेजस्तो लागेको छ। हामीले धेरै अंक जितेका छैनौं र यो महत्त्वपूर्ण खेल रह्यो,’ उनले भने, ‘हामीले चाहेजति प्रदर्शन त गर्न सकेनौँ तर पनि एउटा बलियो टिमलाई हराउन सक्यौँ।’

प्रकाशित: Dec 30, 2020| 03:10 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।