सोमबार, भदौ २२, २०८३

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

आज उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।
 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

काठमाडौं। आज उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। 

सुदूरपश्चिम र प्रदेश १ का  उच्च हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। 

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ।

साथै गण्डकी र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। 

त्यस्तै रातिको समयमा गण्डकी र  प्रदेश १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। 

देशभरकाे तापक्रम चिसो रहिरहने तथा तराई/पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने गरेकाे छ। जसकारण वायुको पारदर्शितामा कमी हुन गई  सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेधसमेत गरेकाे छ।

प्रकाशित: Dec 30, 2020| 01:45 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।