शनिबार, असार २७, २०८३

संघर्षरत बार्सिलोनाको अर्को पनि बराबरी

स्पेनिस ला लिगाको जारी सिजनमा शीर्ष चारको लागि संघर्षरत क्याटलान क्लबसँग बार्सिलोनाले चौथो बराबरी खेलेको छ।
 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

काठमाडौं- स्पेनिस ला लिगाको जारी सिजनमा शीर्ष चारको लागि संघर्षरत क्याटलान क्लबसँग बार्सिलोनाले चौथो बराबरी खेलेको छ।

मंगलबार राति क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोनाले पाहुना टिम आइबरसँग १–१ गोलको बराबरी खेलेको हो।

मार्टिन ब्रेथवेटले पेनाल्टीको अवसर सदुपयोग गर्न नसकेपछि घरेलु टिम सुरुआती अग्रता बनाउनबाट चुक्यो। यससँगै पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो।

तर, दोस्रो हाफमा भने दुवै टिमले बराबरी गोल गरे। खेलको ५७औं मिनेटमा आइबरका किके गर्सियाले गोल गर्दै खेलमा अग्रता बनाएको थियो। तर, ६७औं मिनेटमा जुनियर फिर्पोको पासमा बार्सिलोनाका ओउसमान डेम्बेलेले गोल गर्दै खेललाई बराबरीमा ल्याए। बार्सिलोनाले जितका लागि अन्य भने गोल गर्न सकेन।

खेलमा फेरि एकपटक कप्तान लियोनेल मेस्सीको अभाव खड्किएको छ। चोटका कारण खेलमा सहभागी नबनेका मेस्सीले प्यारापिटबाट खेल अवलोकन गरेका थिए।
क्रिसमस मनाएर अर्जेन्टिनाबाट मंगलबार बिहान फर्किए पनि उनी खेलमा सहभागी बनेनन्।

जारी सिजनमा राम्रो सुरुआत गरे पनि बार्सिलोना खराब अवस्थाबाट गुज्रिरहेको छ। अंकतालिकामा शीर्षस्थानको एथ्लेटिको भन्दा ७ अंकले पछि परेको बार्सिलोना २५ अंकका साथ छैटौं स्थानमा छ।

बार्सिलोनाले १५ खेलबाट ७ जित र चौथो बराबरीका साथ २५ अंक बनाएको हो। 

उसले चार हारको पनि सामना गरिसकेको छ। यता १५ अंक बनाएको आइबर रेलिगेसन टिमभन्दा एक अंकले माथि छ।

ला लिगामा मंगलबार राति नै सम्पन्न अर्को खेलमा सेभियाले भिल्ला रियललाई २–० गोलले हराएको छ। सेभियाको मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिमविरुद्ध सहज जित निकालेको हो।

त्यस्तै लेभान्टेले घरेलु मैदानमा रियल बेटिसविरुद्ध ४–३ गोलको जित निकालेको छ।

प्रकाशित: Dec 30, 2020| 01:22 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।