बुधबार, असोज २१, २०८३

लिबाङमा ग्लोबल आइएमई बैंकको एटीएम

ग्लोबल आइएमई बैंकले रोल्पाको लिबाङस्थित आर्मी ब्यारेक परिसरमा एटीएम सेवा सुरु गरेको छ।  
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

रोल्पा– ग्लोबल आइएमई बैंकले रोल्पाको लिबाङस्थित आर्मी ब्यारेक परिसरमा एटीएम सेवा सुरु गरेको छ।  

यस नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या २४० पुगेको छ। 

उक्त एटिएम सेवा खड्गदल गन, लिबाङ रोल्पाका प्रमुख सेनानी सुधीर केसीले उद्घाटन गरेका हुन्।  

बैंकले लिबाङको सातदोबाटो, खुमेल, बम्रुकलगायत स्थानका ग्राहकलाई लक्षित गरी एटीएम सेवा सञ्चालनमा ल्याएको हो। 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जालसहित २४० एटीएममार्फत सेवा प्रवाह गरिरहेको छ। 

त्यस्तै ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४३ शाखा रहित बैंकिङ्ग सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत २१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। 

प्रकाशित: Dec 29, 2020| 14:50 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्