सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्री पौडेलले गरे संसदीय दलका उपनेता र सचेतकलाई बर्खास्त

मुख्यमन्त्री पौडेलले गरे संसदीय दलका उपनेता र सचेतकलाई बर्खास्त

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता र सचेतकलाई बर्खास्त गरेका छन्।
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

हेटौडा– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता र सचेतकलाई बर्खास्त गरेका छन्।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन प्रमुख भूमिका निर्वाह गरेका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई संसदीय दलको  नेताको हैसियतमा पौडेलले बर्खास्त गरेका हुन्।

पौडेलले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने  ४५ मध्ये ३० सांसदलाई स्पष्टिकरण समेत सोधेका छन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले पहिलो चरणमा ३० जना सांसदहरुसँग स्पष्टिकरण सोधिएको जानकारी दिए।

नेकपाको दाहाल–नेपाल समूहका ४५ प्रदेशसभा सदस्यले १० पुसमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

वाग्मती प्रदेशमा नेकपाको कुल ८० सांसदमध्ये प्रधानमन्त्री ओलीको पक्षमा ३४ र दाहाल–नेपाल पक्षमा ४६ सांसद छन्।

प्रकाशित: Dec 29, 2020| 13:37 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।