सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ : अल्पमतमा परेका मुख्यमन्त्रीलाई महत्त्वपूर्ण निर्णय नगर्न पत्राचार

प्रदेश १ : अल्पमतमा परेका मुख्यमन्त्रीलाई महत्त्वपूर्ण निर्णय नगर्न पत्राचार

नेकपा (दाहाल–नेपाल) संसदीय दलका उपनेता टंक आङबोहाङले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई महत्त्वपूर्ण निर्णय नगर्न पत्राचार गरेका छन्। 
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

विराटनगर– नेकपा (दाहाल–नेपाल) संसदीय दलका उपनेता टंक आङबोहाङले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई महत्त्वपूर्ण निर्णय नगर्न पत्राचार गरेका छन्। 

अल्पमतमा परेका मुख्यमन्त्री राईलाई दैनिक कामकाजबाहेक अन्य निर्णय नगर्न सचेत गराएको उनले बताए।

मुख्यमन्त्री राई अल्पमतमा परेको भन्दै दूरगामी असर गर्ने खालका निर्णय नगर्न भन्दै पत्राचार गरेको दलका उपनेता आङबोहाङले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन्। 

मुख्यमन्त्री राईलाई नेकपाको संसदीय दलको नेताको हैसियतले कुनै पनि काम नगर्न पत्रमार्फत आफूले सचेत गराएको उनको भनाइ छ। 

विधानअनुसार बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराइसकेको अवस्थामा संसदीय दलको नेताको हैसियतले राईले काम गर्न नपाउने व्यवस्था रहेको उनको दाबी छ। 

पुस १२ गते नेकपाका ३७ सांसदहरूले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट हटाउन संसदीय दल तथा  प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। 

कांग्रेस नेतासँग छलफल

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिसकेपछि दाहाल–नेपाल समूहले कांग्रेसका नेताहरुसँगको भेटघाट गर्न थालेको छ। 

पछिल्लोपटक नेकपा केन्द्रीय सदस्य तथा निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच छलफल भएको हो। 

कोइरालालाई भेट्न आङ्बो कोइराला निवास पुगेका थिए। भेट समसामयिक विषयमा केन्द्रित रहेको आङ्बोले बताए। अहिलेको अवस्था र घटनाक्रममा समान दृष्टिकोण भएका दलहरुबीच छलफल भएर अघि बढ्ने कुरामा नेता कोइरालासँग कुराकानी भएको उनको भनाइ छ । 

उनीहरुबीच सत्ता साझेदारीका विषयमा छलफल भए÷नभएको केही खुलाइएको छैन। नेता कोइरालाले यसअघि कांग्रेस सडकबाट निर्वाचनको खबरदारी गर्ने र सत्ता साझेदारीमा नफस्ने बताउँदै आएका छन्। 

प्रकाशित: Dec 29, 2020| 13:31 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।