सोमबार, भदौ २२, २०८३

लागुऔषधसहित सासूबुहारी पक्राउ

सुर्खेतको वीरेन्द्रनगरमा लागुऔषधसहित सासूबुहारी पक्राउ परेका छन्।
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा लागुऔषधसहित सासूबुहारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरेन्द्रनगर–८ इत्राम खोलाका शान्ति सिंह र उनकी सासू कोपिला सिंह छन्।

उनीहरुको साथबाट १४ ग्राम नौ सय मिलिग्राम लागुऔषध नियन्त्रणमा लिइएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए।

गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार राति घरमा खानतलासी गरेको थियो। कोठामा खानतलासी गर्दा लागुऔषध फेला पारेको प्रहरीको भनाइ छ।

उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले छ।

प्रकाशित: Dec 29, 2020| 13:20 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।