सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अदालतले नगरे सडकबाटै संसद् पुनर्स्थापना हुन्छ : भुसाल

अदालतले नगरे सडकबाटै संसद् पुनर्स्थापना हुन्छ : भुसाल

नेकपाको दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधिसभा अदालतले पुनर्स्थापना गर्ने बताएका छन्। 
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधिसभा अदालतले पुनर्स्थापना गर्ने बताएका छन्। 

उक्त समूहले मंगलबार बुटवलमा आयोजना गरेको विरोध सभामा उनले भने, ‘अदालतले संसद् पुनर्स्थापना गरेर न्यायिक स्वतन्त्रता कायम गर्नेछ। अदालत पनि जनताको पक्षमा न्याय दिन चुक्यो भने आन्दोलनको बलमा ३ महिनाभित्र संसद् पुनर्स्थापना भएरै छाड्छ।’

केपी ओलीले घर झगडाको निहुँमा पूरै देशमा आगो लगाउन थालेको भन्दै भुसालले अदालतले संविधानसम्मत् र जनपक्षीय निर्णय गर्ने बताए।

विरोध सभामा नेकपा केन्द्रीय सदस्य वामदेव क्षेत्रीले जनताको त्याग र बलिदानबाट बनेको संविधानलाई बचाउन पनि संसद् पुनर्स्थापना जरुरी रहेकोमा जोड दिए।
 

प्रकाशित: Dec 29, 2020| 12:20 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।