सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ का आठै जिल्लामा दाहाल–नेपाल समूहको प्रदर्शन

प्रदेश २ का आठै जिल्लामा दाहाल–नेपाल समूहको प्रदर्शन

दाहाल-नेपाल समूहका नेता कार्यकर्ताहरु जिल्ला सदरमुकाममा जम्मा भई प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेका हुन्।
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

जनकपुरधाम– प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले प्रदेश २ का आठै जिल्लामा प्रदर्शन गरेको छ।  

दाहाल-नेपाल समूहका नेता कार्यकर्ताहरु जिल्ला सदरमुकाममा जम्मा भई प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेका हुन्।

सप्तरीमा दाहाल नेपाल समूहका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेन्द्र पासवान, सिरहामा स्थायी समिति सदस्य तथा पूर्वमन्त्री विश्वनाथ साह, महोत्तरीमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राजु खड्का, सर्लाहीमा पूर्वमन्त्री रामेश्वर राय यादव, रौतहटमा स्थायी समिति सदस्य तथा पूर्वमन्त्री मातृकाप्रसाद यादव, बारामा केन्द्रीय सदस्य कमल न्यौपाने र पर्सामा केन्द्रीय सदस्य उर्मिला अर्याल तथा प्रदेश २ इन्चार्ज नागेन्द्र चौधरीको नेतृत्वमा प्रदर्शन गरिएको हो। 

धनुषामा जनकपुरधामस्थित स्थायी समिति सदस्य गणेश साह, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झा तथा पूर्वमन्त्री यदुवंश झाको नेतृत्वमा प्रदर्शन गरिएको छ। 

जनकपुरधाममा गाउँ–गाउँबाट निस्किएको र्‍यालीले  जनकपुरको रेल्वे स्टेसनमा जम्मा भई नगर परिक्रमा गरेको थियो। 

नेता रामचन्द्र झाले प्रधानमन्त्री ओलीको असंवैधानिक संसद विघटन अलोकतान्त्रिक, अमर्यादित र जघन्य राजनीतिक अपराध भएको बताए। 

विरोध प्रदर्शनमा सहभागीले प्रधानमन्त्री शर्मा र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्का नारा लगाएका थिए। 

विरोधसभालाई सम्बोधन गर्दै नेताहरुले प्रधानमन्त्री ओलीले संसद्लाई विघटन गरेर संविधानको उपहास गरेको आरोप लगाए।  

नेता श्रवण बरबरिया यादवले ओली तानाशाही, स्वेच्छाचारी र निरंकुश भएको आरोप लगाए। 

उनले भने, ‘समाजवादको लक्ष्य सहितको संविधान जारी गरे पनि अहिले आएर ओलीले ‘कू’ गरेका छन्।’ 

प्रकाशित: Dec 29, 2020| 11:25 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।