सोमबार, भदौ २२, २०८३

केपी ओली बयलगाडामै हुनुहुन्छ : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली बगलगाढाकै सिद्धान्तमा रहेको बताएका छन्। 
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली बगलगाडाकै सिद्धान्तमा रहेको बताएका छन्। 

प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनीमार्गमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै दाहालले प्रधानमन्त्री ओली अहिले पनि बयलगाडा चढेर अमेरिका जान सकिंदैन भन्ने सिद्धान्तमा अडिग रहेको बताएका हुन्। 

दाहालले ओली संघीयता, धर्मनिरेपक्षता र समानुपातिक प्रणालीको विरोधमा रहेको बताएका छन्। 

उनले भने, ‘केपी ओली प्रतिगमनकारी, गणतन्त्र विरोध नेता हुनुहुन्छ।’ 

ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र मनले नभएर बाध्यताले स्वीकार गरेको पनि दाहालले बताए।

दाहालले ७० वर्षको संघर्षले प्राप्त उपलब्धीको हत्या गर्न ओली अगाडि बढेको पनि बताए।  
 

प्रकाशित: Dec 29, 2020| 10:15 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।