सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तीन वर्षमै केपी ओलीविरुद्ध सडकमा उत्रिनुपर्ला भनेर सोचेको थिइनँ : दाहाल

तीन वर्षमै केपी ओलीविरुद्ध सडकमा उत्रिनुपर्ला भनेर सोचेको थिइनँ : दाहाल

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले तीन वर्षमै केपी ओलीविरुद्ध सडकमा उत्रिनुपर्ला भनेर आफूले कल्पना पनि नगरेको बताएका छन्।
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले तीन वर्षमै केपी ओलीविरुद्ध सडकमा उत्रिनुपर्ला भनेर आफूले कल्पना पनि नगरेको बताएका छन्।

उक्त समूहले काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले भने, ‘तीन वर्षमै यो दिन देख्नुपर्ला भनेर सोचेको थिइनँ। म आफैँ पार्टी एकताको प्रस्ताव लिएर केपी ओलीकहाँ पुग्दा सोचेको थिइनँ– तीन वर्षपछि तिनै ओलीविरुद्ध सडकमा आउनुपर्छ भनेर। अहिले हामी सडकमा छौं।’

ओली लोकतन्त्रवादी नभई निरंकुश भएको देशलाई भड्खालोमा हाल्न उद्यत रहेको आरोप दाहालले लगाए। बाम एकतालाई जनतालाई दुई तिहाइ जनमतले अनुमोदन गरे पनि ओलीले संविधानमाथि निर्मम प्रहार गरेको दाहालले बताए। 

संसद् भंग नभएको दाबी गर्दै दाहालले बरु केपी ओलीको सरकार भंग भएको तर्क गरे। ओलीले आफैंले बनाएको संविधानमाथि बलात्कार गरेको आरोप दाहालले लगाए।

प्रकाशित: Dec 29, 2020| 10:03 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।