सोमबार, चैत २, २०८२

कोहली र रोहित शर्माबिनाको दोस्रो टेस्टमा भारतको जित

चार खेलको इन्डिया–अष्ट्रेलिया टेस्ट शृङ्खलाको दोस्रो खेलमा आयोजक अष्ट्रेलियाविरुद्ध पाहुना टिम इन्डियाले सहज जित निकालेको छ।
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

काठमाडौं– चार खेलको इन्डिया–अष्ट्रेलिया टेस्ट शृङ्खलाको दोस्रो खेलमा आयोजक अष्ट्रेलियाविरुद्ध पाहुना टिम इन्डियाले सहज जित निकालेको छ।

National life

मेलबर्न रंगशालामा सम्पन्न खेलको दोस्रो पारीमा ७० रनको लक्ष्य पछ्याएको इन्डियाले घरेलु टिविरुद्ध ८ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले पहिलो इनिङमा खराब सुरुवात गर्दै ७२ दशमलव दुई ओभरमा १९५ रन बनाएको थियो। जवाफी ब्याटिङमा भारतले सानदार प्रदर्शन गर्दै ११५.१ ओभर खेलेर ३२६ रनको बलियो योगफल जोड्न सफल भयो।

पहिलो इनिङमा १३१ रनले पछि परेको अष्ट्रेलियाले दोस्रो इनिङमा २०० रन बनाए पनि जितका लागि पर्याप्त भएन। अन्तिम इनिङमा ७० रनको लक्ष्य पछ्याएको इन्डियाले दुई विकेटको क्षतिमै लक्ष्य पूरा गरेपछि उसले सहज जित निकाल्यो।

लक्ष्य पूरा गर्ने त्रममा भारतले १५ दशमलव पाँच ओभर खेल्यो। प्रतियोगिताको पहिलो इनिङमा ११२ रनको शतकिय पारी खेलेका इन्डियन कप्तान अजिंक्य रहाणेले दोस्रो इनिङमा अविजित २७ रन बनाए। उनी दोस्रो टेस्टमा प्लेयर अफ दि म्याच बने।

Laxmi sunrise bank
kumari

रहाणेबाहेक कुनै खेलाडीले सतक पूरा गरेनन् तर पहिलो इनिङमा भारतका रविन्द्र जाडेजाले भने ५७ रनको अर्धशतकिय पारी खेले। जाडेजाबाहेक अन्य खेलाडीले अर्धशतक बनाएनन्।

बलिङतर्फ अष्ट्रेलियाका माइलक स्टार्कले दुई इनिङमा गरी चार विकेट गिराए भने इन्डियाका जसप्रित बुमराहले सर्वाधिक ६ विकेट लिए।

विराट कोहलीको कप्तानीमा यसअघि सम्पन्न पहिलो टेस्टमा भारतले ८ विकेटको हार बेहोरेको थियो। पहिलो टेस्टपछि उनी विदामा भएकाले दोस्रो टेस्टबाट खेलमा उपस्थित छैनन्।

यसकारण रहाणेको कप्तानीमा भारतले दोस्रो टेस्ट खेलेको हो। चार खेलको शृङ्खलामा बाँकी दुई खेल पनि रहाणेकै कप्तानीमा सञ्चालन हुनेछ।

यता विस्फोटक ब्याट्सम्यान रोहित शर्मा पनि क्वारेन्टिनमा रहेका कारण खेलमा उपस्थित थिएनन्। उनी तेस्रो खेलबाट सहभागी बन्ने बताइएको छ।

समान तीन खेलको टी–२० र एक दिवसीय शृङ्खलामा भने चोटका कारण शर्मा उपस्थित थिएनन्। उक्त दुई शृङ्खलामा इन्डिया र अष्ट्रेलियाले समान १–१ सिरिज जितेका छन्।

प्रकाशित: Dec 29, 2020| 08:32 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।