शनिबार, असार २७, २०८३

समूह–बीको पहिलो खेलमा सुदूरपश्चिम विजयी

पीएम कप महिला टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ।
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

काठमाडौं– पीएम कप महिला टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ।

दाङको लमहीमा जारी खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५९ रनले हराएको हो। कपमा पहिलो जीतसँगै सुदूरपश्चिमले दुई अंक जोडेको छ।

टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ३ बल बाँकी रहँदा सबै विकेट गुमाएर १०७ रन बनाएको थियो। १०८ रनको लक्ष्यका साथ मैदान छिरेको गण्डकीेले पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा ४८ रन मात्र बनाउन सक्यो।

सुदूरपश्चिमको जीतका लागि रेवती धामीले सर्वाधिक २७ रन बनाइन भने कप्तान विन्दू रावलले १३ रन जोडिन्।

ओपनर मञ्जु बोगटीले १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमले अतिरिक्त ३२ रन पाएको थियो।

गण्डकीका लागि सृष्टि पौडेल र एलिसा लामिछानेले समान ३–३ विकेट लिइन्। त्यस्तै, अन्जली विश्वकर्मा, कुसुम गोदर र ज्योत्सनाका मरासिनीले समान १–१ विकेट लिए।
 

प्रकाशित: Dec 29, 2020| 07:48 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।