सोमबार, भदौ २२, २०८३

महालक्ष्मी बैंक घोटालाका मुख्य आरोपित पक्राउ

महालक्ष्मी विकास बैंकमा भएको घोटालाका मुख्य आरोपित ६७ वर्षीय पद्य ज्ञवाली पक्राउ परेका छन्।
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

काठमाडौं– महालक्ष्मी विकास बैंकमा भएको घोटालाका मुख्य आरोपित ६७ वर्षीय पद्य ज्ञवाली पक्राउ परेका छन्। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो। 

सीआईबीका अनुसार उनी सुन जाँचकी हुन् भने महालक्ष्मी बैंक घोटलाका मुख्य योजनाकारसमेत हुन्। 

ज्ञवालीसहित ८ जनामाथि मिलेर कम धितो राखी बढी ऋण प्रवाह गरेर बैंकलाई घाटा पुर्‍याएकाे आरोप छ।

यसअघि तीन जना शाखा प्रबन्धकसहित ७ जना पक्राउ परिसकेका छन्। 

बैंकका कर्मचारीकै मिलेमतोमा पाँच हजार २२८ ग्राम सुन धितो राखेर ७ करोड ४२ लाख ऋण प्रवाह गरेपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो।  

७ करोड ४२ लाख ऋणका लागि १७ हजार ५०० ग्राम सुन धितो राख्न आवश्यक थियो।

पक्राउ पर्नेमा तत्कालीन शाखा प्रबन्धक स्मृति राना, पिंकु पालिखे र अनिशसिंह सिजापति छन्। 

त्यस्तै बैंकका कर्मचारी खोटाङका पूर्ण राई र देवानन्द राईलाई प्रहरीले मंसिर २६ गते नै पक्राउ गरेको थियो। 

प्रकाशित: Dec 29, 2020| 07:21 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।