काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री गुओ यैचोबीच भेटवार्ता भएको छ।
मंगलबार देउवा विनास बूढानीलकण्ठमा देउवा र यैचोबीच भेटवार्ता भएको हो। भेटवार्तामा दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको देउवाका पूर्व विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले जानकारी दिए।
भेटवार्तामा सभापति देउवाले चीनमा कम्युनिस्ट शासनको १०० वर्ष पुगेको अवसरमा शुभकामना दिएका थिए। यैचोले कांग्रेस सरकारमा र बाहिर हुँदा चीनसँगको सम्बन्ध सुमधुर रहेको बताएका थिए।
उनले विपी कोइरालाले नेपाल–चीन सम्बन्धको आधारशिला खडा गरेको भन्दै प्रसंशा गरेका थिए। यौचेले देउवाले कम्युनिष्ट शासनको १०० वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा निमन्त्रणासमेत दिएका छन्।