काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा उत्रिएको नेकपाकाे दाहाल–नेपाल समूहकाे आमसभा सुरू भएकाे छ।
उपत्यकाका विभिन्न १३ ठाउँबाट जुलुस सुरु भई आमसभास्थल पुग्ने क्रम जारी छ। टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट जुलुस निकालिएको छ।
प्रदर्शनीमार्गको सडकलाई आमसभास्थल बनाइएको छ।
आमसभालाई पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत नेताहरुले सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकरूपमा संसद् विघटन गरेको विषयमा आमसभाबाटै स्पष्ट पार्ने सो पक्षले जनाएको छ।