सोमबार, चैत २, २०८२

म्यान्चेस्टर युनाइटेडले काभानीको सम्झौता थप गर्ने

इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडले उरुग्वेयन फरवार्ड एडिसन काभानीसँगको सम्झौता थप गर्ने भएको छ।
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

काठमाडौं- इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडले उरुग्वेयन फरवार्ड एडिसन काभानीसँगको सम्झौता थप गर्ने भएको छ।

National life

क्लबका प्रशिक्षक ओेले गनर सोल्सायरले ३३ वर्षे उरुग्वेयन स्ट्राइकरको सम्झौता थप गर्ने बताएका हुन्।

उनी गत अक्टोबरमा एक वर्षको सम्झौता गर्दै अर्को एक वर्ष थप गर्ने सर्तमा युनाइटेड पुगेका थिए। तर, उनले जारी सिजनमा सहभागिता जनाएका छैनन्।

यो सिजनको एक खेलमा मात्र सुरुआती रोजाइमा खेल्न पाएका छन् भने आठ खेलमा सहभागिता जनाएका छन्। आठ खेलबाटै तीन गोल र एक एसिस्ट गरेका छन्।

‘काभानीसँग अझै केही वर्ष खेल जीवन बाँकी छ। म यसबाहेक केही भन्न चाहन्नँ,’ प्रशिक्षक सोल्सायरले भने, ‘उनले क्लबमा राम्रो भूमिका निर्वाह गरेका छन् र म उनलाई विश्वास गर्छु।’

Laxmi sunrise bank
kumari

सोल्सायरले पूर्व पीएसजी र नापोली स्टारलाई एक वैकल्पिक खेलाडीका रूपमा मात्र नभएर पहिलो रोजाइका खेलाडी रहेको बताएका छन्।

‘उनी पहिलो रोजाइकै खेलाडी हुन्,’ उनले भने, ‘तर हामी यसरी खेलाडी वर्गीकरण गर्न सक्दैनौँ। उनले आगामी दिनमा धेरै खेलको पहिलो मिनेटबाटै खेल्नेछन्।’

काभानीले गत जुनको अन्तिमबाटै फ्रेन्च क्बल पीएसजी छोडेको भए पनि अक्टोबरमा मात्र युनाइटेड गए। फ्रान्सबाट ओल्ड ट्राफोर्ड पुगेर पनि दुई हप्ता आइसोलेसन बसेका थिए।

सिजनबीचको लामो ग्यापलाई पुर्न र खेलअनुसारको फिटनेस निर्माण गर्न उनी खेलबाहिर थिए। त्यस्तै एउटा सामान्य चोटले पनि उनलाई खेलमा सहभागी बनिरहनबाट रोकेको थियो।

बीचको अवस्था बदलिँदो भए पनि सोल्सायर काभानीको व्यक्तित्वबाट प्रभावित रहेको बताउँछन्। ‘उनले पहिलोपटक मलाई सात नम्बर जर्सी प्रयोग गर्नेबारे कुरा गरेका थिए,’ सोल्सायरले भने।

‘हामी खेल र खेलाडीको इतिहासबारे कुरा गरिरहेका थियौँ। तर जब उनको व्यक्तित्व, करिअर र अनुभवबारे सोच्यौँ, मैले उनीसँग गरेको वार्तालाप र उनको पछिल्ला गतिविधिले काभानीले यो कुराको व्यवस्थापन नगर्लान् भन्न सकिँदैन,’ उनले थपे।

प्रकाशित: Dec 29, 2020| 06:29 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।