शनिबार, असार २७, २०८३

साफ फुटबल बंगलादेशमा हुने

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मंसिर ११ गतेसम्म गर्ने निर्णय गरिएकाे छ।
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

काठमाडाैं। साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी वर्ष बंगलादेशमा हुने भएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मंसिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो।

कोरोना भाइरसको महामारीका कारण यस वर्ष गर्ने भनिएको साफ फुटबलको नयाँ मिति सार्वजनिक गरिएको हो।

बैठकले साफको उमेर समूहका विभिन्न प्रतियोगिताको समेत समय तय गरेको छ।

महिला यू-१६ साफ प्रतियोगिता सन् २०२१ को अगष्ट १८ देखि २७ सम्म आयोजना गर्ने तथा साफ यू-१९ प्रतियोगिता जुलाई १२ देखि २२ सम्म सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ।

यस्तै पुरुषतर्फ साफ यू-१५ प्रतियोगिता अक्टोबर १ देखि १० सम्म तथा साफ यू-१८ प्रतियोगिता अक्टोबर १५ देखि २४ सम्म सञ्चालन गर्ने निर्णय गरिएको छ।

ती प्रतियोगिता सञ्चालन हुने स्थान भने तय गरिएको छैन। रासस

प्रकाशित: Dec 29, 2020| 04:23 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।