शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रधानमन्त्री कप महिला क्रिकेट सहज जितसहित एपीएफ समूह ‘ए’ को विजेता

प्रधानमन्त्री कप महिला क्रिकेट सहज जितसहित एपीएफ समूह ‘ए’ को विजेता

प्रधानमन्त्री कप महिला ट्वान्टी२० क्रिकेटमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले लुम्बिनी प्रदेशविरुद्ध सहज जित निकालेको छ।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं– प्रधानमन्त्री कप महिला ट्वान्टी२० क्रिकेटमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले लुम्बिनी प्रदेशविरुद्ध सहज जित निकालेको छ।

दाङको लमहीमा आज (सोमबार) सम्पन्न खेलमा साविक विजेता एपीएफले ६२ रनको जित निकाल्दै समूह ‘ए’ को विजेता बनेको हो। प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको एपीएफले पूरा ओभर खेल्दै चार विकेट गुमाएर १२२ रन बनाएको थियो।

१२३ रनको लक्ष्यका साथ मैदान छिरेको लुम्बिनी पूरा ओभर खेल्दै ७ विकेटको क्षतिमा ६१ रनमा समेटिएपछि खेल एपीएफले जितेको हो। एपीएफको जितमा ज्योति पाण्डे अर्धशतक बनाउन एक रन बाँकी रहँदा नेरी थापाले पेवेलिन फर्काइन्। त्यस्तै, राजमति ऐरीले ११ रन बनाइन् भने इन्दु बर्माले २८ रन जोडिन्।

लुम्बिनीका लागि नेरी थापाले दुई विकेट लिँदा सरस्वती पुन र कीर्तिका मरासिनीले समान १–१ विकेट लिए।

जवाफी ब्याटिङमा आएको लुम्बिनीले खराब सुरुवात गर्दै ६१ रन बनायो। उसका लागि लक्ष्मी चौधरीले ११ र सरस्वती पुनले १० रन बनाउनुबाहेक अन्य खेलाडीले जोर अंकमा रन बनाउन सकेनन्।

यता एपीएफकी करुणा भण्डारीले तीन विकेट लिइन् भने सोनु खड्का र रेखा रावलले समान १–१ विकेट गिराए।

जितसँगै एपीएफले ६ अंक जोडेको छ। समूह ‘ए’ मा लुम्बिनीको चार अंक कायम छ। त्यस्तै प्रतियोगिताबाट बाहिरिसकेको प्रदेश २ को दुई अंक छ भने कर्णाली जितविहिन हुँदै वाहिरिएको छ।

आज (सोमबार)को खेलपछि समूह ‘ए’ को प्रतिस्पर्धा सकिएको छ। समूह ‘ए’ बाट शीर्षस्थानमा रहँदै एपीएफ र दोस्रो स्थानमा रहँदै लुम्बिनी सेमीफाइनल प्रवेश गरिसकेका छन्।

कप अन्तर्गत भोलिबाट समूह बीको प्रतिस्पर्धा सुरु हुनेछ। जहाँ सुदूरपश्चिम, बाग्मती, गण्डकी र प्रदेश १ ले प्रतिस्पर्धा गर्नेछन्।

समूह चरणको विजेता र उपविजेता दुई टिम सेमीफाइनलमा प्रवेश गर्नेछन् भने पुछारका दुई टिम बाहिरिनेछन्। समूह चरणको खेल सिंगल राउन्ड रोविन शैलीमा हुँदैछ।
 

प्रकाशित: Dec 28, 2020| 10:53 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।