शनिबार, असार २७, २०८३

कर्णाली तीनै खेलमा पराजित, प्रदेश २ को सान्त्वना जित

दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटमा आज भएको पहिलो खेलमा प्रदेश २ सँग कर्णाली पराजित भएको छ।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं- दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटमा आज भएको पहिलो खेलमा प्रदेश २ सँग कर्णाली पराजित भएको छ।

टस जितेर ब्याटिङ रोजेको प्रदेश २ ले पूरा ओभर खेल्दै तीन विकेटको क्षतिमा १६५ रन बनाएको थियो। 

१६६ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको कर्णालीले पूरा ओभर खेल्दै सबै विकेट गुमाएर २२ रनमै समेटिएको थियो। 

जितका लागि प्रदेश २ की अनुराधा चौधरीले ६० बलमा सर्वाधिक ६९ रन बनाइन्। त्यस्तै सोभा आलेले २३ रन बनाइन् भने बिमला मगरले २१ रनको योगदान दिइन्।

प्रदेश २ ले अतिरिक्त ४३ रनको सहयोगमा १६५ रन बनायो। 

यता कर्णाली प्रदेशका निशा पराजुलीले दुई र सुजाता बोगटीले एक विकेट लिइन्।

जवाफी ब्याटिङमा आएको कर्णालीका मोनिका राना, कप्तान लक्ष्मी रिमाल, अञ्जु गुरुङ, सुजाता बोगटी, निशा पराजुली र स्वेता थापा खाता खोल्न नसक्दै पेवेलियन फर्किए।

अन्य खेलाडीले पनि दोहोरो अंकमा रन बनाउन सकेनन्। तिर्सना विश्वकर्माले सर्वाधिक सात रन बनाइन् भने अतिरिक्त ७ रन प्राप्त भयो।

प्रदेश २ का लागि सरस्वती कुमारी र कविता गौतमले समान ३-३ विकेट लिए। सन्तोषी चौधरी र आरती चौधरीले समान १-१ विकेट लिए।

खेलमा अनुराधा चौधरी प्लेयर अफ दी म्याच बनिन्।

सान्त्वना जितसहित प्रदेश २ ले २ अंक जोडेर समूह ‘ए’ को तेस्रो स्थानमा रहँदै प्रतियोगिताको यात्रा पूरा गरेको छ। कर्णाली प्रदेशले कुनै खेलमा पनि जित निकाल्न सकेन।

प्रकाशित: Dec 28, 2020| 07:16 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।