शनिबार, असार २७, २०८३

घाइते फुटबलर विमल र विक्रमको कतारमा उपचार हुने 

फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटका लागि बन्द प्रशिक्षणमा रहेका विमलको उपचार कतारमा हुने भएको हो।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं- राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगरको उपचार कतारमा हुने भएको छ।

फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटका लागि बन्द प्रशिक्षणमा रहेका विमलको उपचार कतारमा हुने भएको हो।

अखिल नेपाल फुटबल संघ(एन्फा)ले दुई हप्ताअघि (मंसिर २८ गतेबाट) सुरु गराएको प्रशिक्षणका क्रममा विमल पुष ३ गते चोटग्रस्त बनेका थिए।

उनी चोटग्रस्त बनेको अवस्थामा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा कतारमै थिए। उनले कतार फुटबल एसोसिएसनसँगको सम्झौतामा त्यहाँ उपचार गराउने व्यवस्था मिलाएका हुन्।

अब उनको उपचार अर्थोपेडिक र स्पोट्स विशेष मेडिसिन अस्पताल, स्पेटेरमा हुनेछ। यता अर्का खेलाडी बिक्रम लामाको उपचार पनि सोही अस्पतालहा हुनेछ। लामा भने फलोअपका लागि कतार जानेछन्।

लामाले सन् २०१८ मा खुट्टाको चोट बोकेपछि सोही अस्पतालमा उपचार गराएका थिए। एन्फा अनुसार उनीहरुको भिषा आइसकेकाले चाँडै कतार प्रस्थान गर्नेछन्।

उपचारमा संलग्न हुनुपर्ने भएपछि उनीहरु मैदानमा देखिने छैनन्।
 

प्रकाशित: Dec 28, 2020| 06:19 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।