शनिबार, असार २७, २०८३

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिए लिभरपुल र टोटेनहम

सुरुआती अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिग (ईपीएल)को आइतबार राति सम्पन्न खेलमा लिभरपुल बराबरीमा रोकिएको छ।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं- सुरुआती अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिग (ईपीएल)को आइतबार राति सम्पन्न खेलमा लिभरपुल बराबरीमा रोकिएको छ।

एनफिल्ड मैदानमा भएको खेलमा लिभरपुलले वेस्ट ब्रुमसँग १–१ गोलको बराबरी खेलेको हो।

घरेलु टिमका साडियो मानेले सुरुआती गोल गरे। जोयल मतिपको पासलाई उपयोग गर्दै मानेले बनाएको अग्रतासँगै पहिलो हाफमा लिभरपुल एक गोलले अघि रह्यो।

लामो समय अग्रता कायम राखेको लिभरपुलले ८२ औं मिनेटमा आफ्नै मैदानमा गोलको सामना गरेपछि खेल बराबरी भएको हो। 

यता पाहुना टिम वेस्ट ब्रुमका लागि सेमी अजायीले गोल गरे।

बराबरीसँगै शीर्षस्थानको लिभरपुलले रेलिगेसन जोनको वेस्ट ब्रुमसँग अंक बाँडेको छ। खेलपछि लिभरपुलको ३२ अंक छ भने वेस्ट ब्रुमको आठ अंक छ।

त्यस्तै उल्भरह्याम्टनको मैदानमा आइतबार राति सम्पन्न खेलमा टोटेनहम घरेलु टिमसँग १–१ गोलको बराबरीमा रोकिएको छ।

टोटेनहमका टङ्वे एनडोम्बेलेले खेलको पहिलो मिनेटमै गोल गर्दै अग्रता बनाए पनि पाहुना टिमले थप गोल गर्न सकेन। बरु निर्धारित समयको चार मिनेटअघि उल्भसका रोमाइन सिसाले गोल गर्दा टोटेनहमको अग्रता खोसियो।

सिसाको गोलसँगै उल्भस र टोटेनहमले पनि अंक बाँडेका छन्। गएराति थपिएको एक अंकसँगै टोटेनहम अंकतालिकाको पाँचौ स्थानमा छ भने उल्भरह्याम्टन २१ अंकका साथ ११ औं स्थानमा छ।

ईपीएलमा एभर्टन दोस्रो स्थानमा छ। लेस्टर तेस्रो र म्यान्चेस्टर युनाइटेड चौथो स्थानमा छ। उनीहरूको क्रमशः २९, २८ र २७ अंक छ।

प्रकाशित: Dec 28, 2020| 01:19 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।