सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • मेयर कप ब्याडमिन्टन प्रतियोगितामा पुरुष युगलको उपाधि राजेन्द्र र सविनलाई

मेयर कप ब्याडमिन्टन प्रतियोगितामा पुरुष युगलको उपाधि राजेन्द्र र सविनलाई

धादिङमा पहिलो पटक आयोजित मेयर कप ब्याडमिन्टन प्रतियोगितामा पुरुष युगलतर्फ राजेन्द्र अधिकारी र सविन तामाङ विजयी भएका छन्।
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

काठमाडौं– धादिङमा पहिलो पटक आयोजित मेयर कप ब्याडमिन्टन प्रतियोगितामा पुरुष युगलतर्फ राजेन्द्र अधिकारी र सविन तामाङ विजयी भएका छन्।

National life

धादिङ ब्याडमिन्टन संघको आयोजनामा सम्पन्न ८ विधाका प्रतियोगितामा पुरुष युगलतर्फ अधिकारी र तामाङले उपाधि जितेका हुन्।

उपाधि विजेताद्वयले ३५ हजार रुपैयासँगै ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्। सोही विधामा लिलाकान्त विक र दुर्गा साही उपविजेता बनेका छन्। उनीहरुले २४ हजार नगद प्राप्त गरे।

त्यस्तै पुरुष एकलतर्फको उपाधिमा पनि विजयी हुँदै सविन तामाङले ३० हजार रुपैयाँ प्राप्त गरेका छन्। पुरुष एकलतर्फ पोषण चौधरी उपविजेता भए।

प्रतियोगितामा महिला एकलतर्फ बबिता पुरी विजेता बनिन्। उनले रेखा अधिकारीलाई हराउँदै उपाधि कब्जा गरेकी थिइन्। उपाधि विजेताले १२ हजार र उपविजेताले सात हजार नगद प्राप्त गरेका छन्।

Laxmi sunrise bank
kumari

भेट्रान युगल पुरुष विधातर्फको उपाधि भने धादिङबेसीका गणेश कुमार श्रेष्ठ र कृष्ण कुमार श्रेष्ठले कब्जा गरेका छन्। विजेता श्रेष्ठद्वयबाट पराजित राजेन्द्र अधिकारी र राममणि मिश्र दोस्रो भए।

अफिसर्स युगलतर्फ भिम प्रदास ढुंगाना र दुर्गा बहादुर शाहीको जोडी प्रथम हुँदा रमेश अर्याल र सुमन सेढाईंको जोडी फाइनलमा पराजित भयो।

त्यस्तै, नगरपालीका बी को उपाधि टेक गुरुङ र ईश्वर थामा मगरले उचाल्दा नगरपालिका सी अन्तर्गत दिनेश तिम्सिना र रमेश कोइरालाको जोडीले उपाधि जित्यो।

प्रतियोगितामा १९ वर्ष मुनिका पुरुष एकलतर्फ सलिन गुरुङ विजयी भए। उनले जेनिश अमात्यलाई पराजित गर्दै १९ वर्ष मुनिको उपाधि जितेका हुन्।

प्रतियोगिताको प्रायोजन निलकण्ठ नगरपालिकाले गरेको संघका अध्यक्ष विष्णुलाल श्रेष्ठले जानकारी दिए। प्रतियोगिताका आठ विधामा १७४ टिमले सहभागिता जनाएका थिए।

अध्यक्ष श्रेष्ठले कोरोना महामारीका कारण घरमै बस्दा फुर्सदको समयमा ब्याडमिन्टन खेल्ने क्रममा उत्पादन भएका नयाँ खेलाडीको स्तर मापन गर्नका लागि खेल अयोजना गरिएको बताएका छन्।

‘कोरोनाका कारण घरमै बस्दा ब्याडमिन्टनका केही नयाँ खेलाडी सिर्जना हुँदै गएका छन्,’ उनले भने, ‘यही अवसरलाई उपयोग गर्दै र खेलाडीलाई प्रोत्सहन पनि होस् भन्ने हिसाबले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताले ब्यडमिन्टनलाई चलायमान बनाउन सानो सहयोग गर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ।

 

प्रकाशित: Dec 27, 2020| 11:54 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।