सोमबार, चैत २, २०८२

रियलमा मोड्रिचले एक वर्ष सम्झौता थप गर्ने, रामोसको के होला ?

स्पेनिस फुटबल क्लब रियल मड्रिडले मिडफिल्डर लुका मोड्रिचसँग एक वर्ष सम्झौता थप गर्ने भएका छन्।
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

काठमाडौं– स्पेनिस फुटबल क्लब रियल मड्रिडले मिडफिल्डर लुका मोड्रिचसँग एक वर्ष सम्झौता थप गर्ने भएका छन्।

National life

जारी सिजन सकिएसँगै आगामी २०२१ को जुनमा क्रोएसियन अन्तर्राष्ट्रिय खेलाडी मोड्रिचको पनि सम्झौता सकिन्छ। तर उनी २०२२ को समरसम्म क्लबका खेलमा देखिने छन्।

ला लिगाको साविक विजेता रियलले खेल जीवनको उत्तरार्धमा रहेका खेलाडीलाई एक वर्ष सम्झौता थप गर्ने पुरानो नीति छ। यसैको कार्यान्वयन गर्दै उसले मोड्रिचसँग सम्झौता नवीकरण गर्ने भएको हो।

२०२२ सम्मको समर फुटबल ट्रान्सफर विन्डोसम्म रियलमै रहँदा उनले बर्नाबेउमा एक दशक पूरा गर्नेछन्। मोड्रिच सन् २०१२ मा इंग्लिस क्लब टाटेनहम हट्सपरबाट रियलमा अनुबन्ध भएका थिए। रियलको साढे आठ वर्षे यात्रामा उनले चार च्याम्पियन्स लिग, दुई ला लिगाका साथै अन्य ट्रफीहरु जितेका छन्।

त्यस्तै व्यक्तिगततर्फ विश्व प्रसिद्ध अवार्ड बेलोन डि’ओर अवार्ड पनि जिते। यसअघि उनले रियलको तलब कटौती प्रस्तावमा सहमति जनाउन सके मात्र रियलमा रहने स्पेनिस मिडियाले जनाएका थिए। तर अब उनले तलब कटौतीको हिस्सा हुन नपर्ने गरी सम्झौता गर्नेछन्।

Laxmi sunrise bank
kumari

आउँदो विन्डोमा उनलाई कतार र अमेरिकी क्लबबाट पनि प्रस्तावहरु आइरहेका छन्। तर उनी रियलमै बस्न चाहनेछन्।

लामो सम्झौताको पर्खाइमा कप्तान रामोस

मिडफिल्डर मोड्रिचसँगै कप्तान सर्जियो रामोसको सम्झौता पनि २०२१ को जुनमा सकिनेछ। अब रियलले उनीसँग पनि सम्झौता गर्ने वा नगर्ने भन्ने निर्णय लिने समय भएको युरोपियन फुटबल पण्डितको मत छ।

तर क्लबको हाइ प्रोफाइलका रुपमा रहने रामोससँग भने क्लबले अझैसम्म सम्झौताबारे कुरा गरेको छैन। जनवरी ट्रासन्फर विन्डो नजिक रहेको अवस्थामा उनीप्रति क्लबको के धारणा बन्ला भन्ने खुलदुली समर्थकमाझ प्रकट हुने थालेको छ।

यही डिसेम्बर २० मा सम्पन्न क्लब सदस्यको साधारणसभाले वार्षिक बजेट प्रस्तुत गरिसकेको छ। यसकारण क्लब र कप्तान दुवैले आआफ्नो भूमिका थाहा पाइसकेका छन्।

निर्धक्कसँग बोल्ने कप्तान रामोसले भने आफू लस ब्लाङ्कोसमै रहने इच्छा रहेको बताउँदै आएका छन्। क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग पनि रामोसको राम्रो सम्बन्ध छ।

त्यसैको भरोषामा रामोस रियलसँग लामो समयसम्मको सम्झौता पर्खाइमा छन्। तर बूढा हुँदै गएका खेलाडीलाई रियलको एक वर्ष सम्झौता थप गर्ने नीति छ।

स्पेनिस पत्रिका मार्काका अनुसार अध्यक्षसँग र कप्तानको उत्कृष्ट सम्बन्धका कारण उनीहरु बसेर कुरा गर्ने हो भने चाँडै समझदारी बन्ने निश्चित छ।

यता क्लबले पनि सेन्ट्रल ब्याकको प्रदर्शन नजिकबाट नियालिरहेको बताएको छ। उनीसँगै लुकास भाज्क्वेसको सम्झौता पनि यो सिजन सकिएसँगै सकिने छ। त्यसैले उनीबारे पनि क्लबले निर्णय गर्न बाँकी छ।

प्रकाशित: Dec 27, 2020| 09:29 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।