शनिबार, असार २७, २०८३

पीएम कप क्रिकेटमा लुम्बिनीको लगातार दोस्रो जित

दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला टि-२० क्रिकेटमा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित निकालेको छ।
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

काठमाडौं- दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला टि-२० क्रिकेटमा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित निकालेको छ।

आज (आइतबार) बिहान सम्पन्न खेलमा लुम्बिनीले कर्णालीविरुद्ध ९ विकेटको जित निकालेको हो।

प्रतिकुल मौसमका कारण १३ ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले ६ विकेट गुमाएर ३४ रन मात्र जोड्न सक्यो।

३५ रनको लक्ष्यका साथ मैदान पसेको लुम्बिनीले अतिरिक्त २० रन पाएपछि ३.१ ओभरमै एक विकेट गुमाएर खेल जित्न सफल बन्यो।

जवाफी ब्याटिङमा आएको लुम्बिनीका गीता गोसाईले ४ रन बनाएर आउट भइन् भने कप्तान नेरी थापा र सरस्वती गोस्वामी क्रमशः ९ र ३ रन मा नट आउट रहे। कर्णालीकी अञ्जु गुरुङले एक विकेट लिइन्।

त्यसअघि ब्याटिङमा आएको कर्णालीका कुनै खेलाडीले जोर अंकमा रन बनाउन सकेनन्। अनु शाक्यले ७ रन बनाइन् भने ओपनर तिर्सना विश्वकर्मा, मोनिका राना सँगै कप्तान लक्ष्मी शाक्यले समान २/२ रन बनाए।

खेलमा पहिलो पारीमा सर्वाधिक ८ रन जोडेकी दिक्षा पुरीलाई गीता गोसाईले पेवेलियन पठाइन्।

लुम्बिनीका लागि नेरी थापाले दुई विकेट लिइन् भने सरिता जीसी र गोसाईले १–१ विकेट लिए।

दोस्रो जितसँगै समूह ए को लुम्बिनीले चार अंक जोडेको छ भने सोही समूहमा विभागीय टिम एपीएफले दुई अंक जोडेको छ।
लमही मैदानमै आजको दोस्रो खेलमा प्रदेश २ ले एपीएफको खेल सुरु भएको छ।

प्रकाशित: Dec 27, 2020| 07:50 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।