शनिबार, असार २७, २०८३

आर्सनलसँग चेल्सी पराजित

लगातार कमजोर प्रदर्शन गरिरहेको आर्सनलले शनिबार रातिको खेलमा बलियो टिम चेल्सीलाई हराएको छ।
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

काठमाडौं – लगातार कमजोर प्रदर्शन गरिरहेको आर्सनलले शनिबार रातिको खेलमा बलियो टिम चेल्सीलाई हराएको छ।

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत आर्सनलको इमिरेट्स मैदानमा सम्पन्न खेलमा घरेलु टिमले चेल्सीलाई ३–१ गोलले हराएको हो।

आर्सनलको जितका लागि अलेक्जेन्डर लकाजाट्टे, ग्रान्ट जाका र बुकायो साकाले समान १–१ गोल गरे।

खेलको ३४ औं मिनेटमा पेनाल्टीको अवसर पाएर आर्सनलका अलेक्जेन्डरले सुरुवाती अग्रता बनाए। 

त्यस्तै, ४४ औं मिनेटमा फ्रि किकमा जाकाले गोल गरेपछि आर्सनले अग्रता दोब्बर बनाएको थियो।

पहिलो हाफमा आर्सनल दुई गोलले अघि रहे पनि दोस्रो हाफमा दुवै टिमले १–१ गोल गरे। 

खेलको ५६ औं मिनेटमा स्मिथ रोवेको पासमा साकाले गोल गरे भने ८५ औं मिनेटमा चेल्सीका टाम्मी अब्राहमले सान्त्वना गोल गरे।

गएराति पराजित भएसँगै चेल्सीले चौथो स्थानमा उक्लने अवसर गुमाएको छ। चेल्सी २५ अंकका साथ सातौँ स्थानमा छ। 

यता हारको शृंखला तोडेको आर्सनल १४ औं स्थानमा छ। 

शनिबार रातिको अर्को खेलमा म्यानचेस्टर सिटीले न्युकासललाई २–० गोलले हराएको छ। 

त्यस्तै अर्को खेलमा एभर्टनले शेफिल्ड युनाइटेडमाथि साघुँरो जित निकालेको छ।

अंकतालिकामा एमर्टन दोस्रो स्थानमा छ भने सिटी पाँचौ स्थानमा छ।
 

प्रकाशित: Dec 27, 2020| 01:43 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।