शनिबार, असार २७, २०८३

रोमाञ्चक खेलमा लेस्टर र युनाइटेडको बराबरी

इंग्लिस प्रियिमर लिग (ईपीएल)को शनिबार साँझ सम्पन्न खेलमा घरेलु टोली लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले रोमाञ्चक बराबरी खेलेका छन्। 
 |  शनिबार, पुस ११, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ११, २०७७

काडमाडौं- इंग्लिस प्रियिमर लिग (ईपीएल)को शनिबार साँझ सम्पन्न खेलमा घरेलु टोली लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले रोमाञ्चक बराबरी खेलेका छन्। 

किङ पावर रंगशालामा भएको खेलमा युनाइटेडले अग्रता बनाएको अवस्थामा आत्मघाती गोल गरेपछि खेल २–२ को बराबरीमा रोकिएको हो।

प्रतिस्पर्धात्मक खेलको २३औं मिनेटमा युनाइटेडका मार्कस रासफर्डले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए।

यता लेस्टरका हाभए बार्नेसले ३१औं मिनेटमा गोल फर्काएपछि पहिलो हाफमा १–१ गोलको बराबरी भएको थियो।

लामो समयसम्म बराबरी कायम रहेको खेलमा ७९औं मिनेटमा ब्रुनो फर्नान्डेले गोल गर्दै दोस्रोपटक पनि अग्रता बनाए। एडिसन काभानीको पासमा बनाएको अग्रता पनि धेरै समय टिकेन।

८५औं मिनेटमा युनाइटेडका डिफेन्डर एलेक्स टौन्जेबेले आफ्नै पोस्टमा गोल गरेपछि खेल पुनः बराबरी भयो।

बराबरीसँगै लेस्टर अंक तालिकाको दोस्रो स्थानमा छ भने युनाइटेड तेस्रो स्थानमा छ। १५ खेल खेलेको लेस्टरको २८ अंक हुँदा एक कम खेलेको युनाइटेडको २७ अंक छ।

शीर्षस्थानको लिभरपुलले १४ खेलबाट ३१ अंक बनाएको छ। ईपीएलअन्तर्गत आजको अर्को खेलमा आर्सनलले चेल्सीसँग खेल्नेछ भने म्यानचेस्टर सिटीले न्युकासलको सामना गर्नेछ।

प्रकाशित: Dec 26, 2020| 15:22 शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।