सोमबार, चैत २, २०८२

अरुणालाई जिताउन पोखरामा अभियान

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपुल्स च्वाइस विद्यामा मनोनयमा परेकी अरुणा शाहीलाई जिताउन पोखरामा आर्थिक संकलन अभियान सुरु भएको छ। 
 |  शनिबार, पुस ११, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ११, २०७७

पोखरा- नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपुल्स च्वाइस विद्यामा मनोनयमा परेकी अरुणा शाहीलाई जिताउन पोखरामा आर्थिक संकलन अभियान सुरु भएको छ। 

National life

पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र कास्की जिल्ला भलिबल संघले नेपाल भलिबल टिमकी कप्तानसमेत रहेकी अरुणालाई जिताउन पोखरामा अभियान सुरु गरिएको हो। अभियानमा एकै दिन ३ लाख ८२ हजार ६ सय ५१ रुपैयाँ संकलनसमेत भएको छ। विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले अरुणालाई जिताउन नगद सहयोग गरेका छन्।

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले खेलाडीलाई समस्या परेको बेला आफ्नो सहयोगको ढोका सदैव खुला रहेको बताए। उनले विगतमा पश्चिमाञ्चलले उत्पादन गरेका भलिबल तथा अन्य खेलाडीहरु विभागीय टिममा प्रवेश गर्दा गण्डकी प्रदेश कमजोर देखिएको बताउँदै अब उत्पादन हुने खेलाडीलाई प्रदेशमा टिकाइराख्न केही नयाँ कार्यक्रमहरु तय गरिने बताए। उनले मनोनयनमा परेकी अरुणालाई जिताउन सबैलाई अपिल समेत गरे।

कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रीय सल्लाहाकार नारायणप्रसाद शर्माले गण्डकी प्रदेशकी चेलीसमेत रहेकी अरुणालाई जिताउन सबैलाई आग्रह गरे। कुनैबेला नेपाली राष्ट्रिय भलिबल टिमका लागि अधिकांश महिला भलिबल खेलाडी उत्पादन गर्ने ‘क्विन अफ भलिबल’ को उपाधि पाएको ज्ञानुबाबा बोर्डिङका संस्थापक कृष्णबहादुर गुरुङले खेलाडी उत्पादनमा भूमिका निर्वाह गर्ने विद्यालयलाई राज्यले कुनै सम्मान नर्गदा दुःख लागेको बताए।

भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङले नेपालको भलिबल खेल विकासमा गण्डकीको अहम भूमिका रहेको भन्दै अरुणालाई जिताउन सबैको सहयोगको खाँचो रहेको बताए।

Laxmi sunrise bank
kumari

क्षेत्रीय भलिबल संघका अध्यक्ष छ्यामबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा भलिवल संघका सचिब डिबी नेपाली, कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुली, अरुणा शाही लगायतले बोलेका थिए। 

यसअघि पोखराबाट राष्ट्रिय भलिबल टिमकी उप कप्तान रहेकी मञ्जु गुरुङ वर्ष अवार्डबाट पुरस्कृत भएकी थिइन् भने सिपोरा गुरुङ र सरस्वती चौधरीसमेत अवार्ड जितेकी थिइन्।

मञ्जुले अवार्ड जितेकै कारण अहिले बैंकिङ क्षेत्रमा कार्यरत रहेको पत्रकार सुदर्शन रञ्जितले बताए। उनले भने, ‘यो अवार्डका लागि अवार्ड मात्रै होइन खेलाडीको जीवन अघि वढाउने र सामाजिक जिवनमा ‘एक्सपोज’ हुने ठूलो माध्यमसमेत हो।’ उनले मञ्जु, सिपोरा र सरस्वतीलाई जस्तै गरी पोखरेलीहरुले अरुणालाई जिताउन सबैले सहयोग गर्नुपर्ने औँल्याए।

प्रकाशित: Dec 26, 2020| 13:10 शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।