सोमबार, चैत २, २०८२

पीएम कपमा एपीएफको सानदार सुरुवात

प्रधानमन्त्री (पीएम) कप महिला टी–२० क्रिकेटमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले सानदार सुरुवात गरेको छ।
 |  शनिबार, पुस ११, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ११, २०७७

काठमाडौं- प्रधानमन्त्री (पीएम) कप महिला टी–२० क्रिकेटमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले सानदार सुरुवात गरेको छ।

National life

दाङको लमहीमा आज सुरु भएको प्रतियोगितामा एपीएफले कर्णाली प्रदेशलाई २०४ रनले हराउँदै सानदार जित निकालेको हो।

टस जितेर ब्याटिङ रोजेको एपीएफले पुरा ओभरमा ४ विकेट गुमाएर २३५ रन बनाएको थियो। २३६ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ११.२ ओभरमा सबै विकेट गुमाएर २४ रनमै समेटिएपछि खेल एपीएफले जितेको हो।

जितका लागि ज्योति पाण्डे र सीता राना मगरले ९७ रनको साझेदारी गरे। साथै सिताले ६८ रनको अर्धसतकिय पारी खेलिन भने पाण्डेले ३२ रन बनाइन्।

त्यस्तै सरिता मगर ४४ रनमा अविजित रहिन भने इन्दू वर्माले पनि २२ रनको योगदान दिइन्। पहिलो पारीमा कर्णालीकी दिक्षा पुरीले दुई विकेट लिइन् भने निशा पराजुली र अञ्जु गुरुङले समान १–१ विकेट लिए।

Laxmi sunrise bank
kumari

जवाफी ब्याटिङमा आएको कर्णालीका कुनै खेलाडीले जोर अंकमा रन बनाउन सकेनन्। अतिरक्त १५ अंक प्राप्त भएको खेलमा मोनिका राना, लक्ष्मी पुरी, आयुषा टन्डन र सुजता बोगटीले कुनै रन जोड्न सकेनन्।

यता कर्णालीलाई सस्तैमा समेट्न एपीएफका करुणा भण्डारीले पाँच विकेट लिइन् भने राजमति ऐरीले दुई विकेट लिइन्।

पहिलो जितसँगै समूह ए मा रहेको एपीएफले दुई अंक जोडेको छ। आजै सम्पन्न प्रतियोगिताको पहिलो खेलमा लुम्बीनी प्रदेशले प्रदेश २ लाई ९ विकेटले हराएको थियो।

प्रकाशित: Dec 26, 2020| 11:53 शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।