शनिबार, असार २७, २०८३

नुवाकाेटमा क्रसकन्ट्री दौड प्रतियोगिता हुने

कोराना महामारीपछि पहिलो पटक क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ।
 |  शनिबार, पुस ११, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ११, २०७७

काठमाडौं- कोराना महामारीपछि पहिलो पटक क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ।

नुवाकोटको बेलकोटगडी नगरपालिका वडा ५ ले आगामी माघ १० गते पुरुष तथा महिला क्रस कन्ट्री दौड प्रतियोगिता गराउन लागेको हो।

‘जे गरौँ गज्जबले गरौं भन्ने नाराका साथ आयोजित झिल्टुङ क्रसकन्ट्री दौडको पाँचौ संस्करण हो,’ आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ। यस प्रतियोगितामा काठमाडौं एथ्लेटिक्स संघले प्राविधिक सहयोग गर्नेछ।

पुरुष तथा महिलाको प्रतियोगिता १३.४ किलोमिटर कच्ची बाटोमा हुनेछ। बाटो, साढे चार किमी उकालो दुई किमी समथर र बाँकी ओरालो रहेको आयोजकले जनाएको छ।

प्रतियोगिताको महिला तथा पुरुतर्फको विजेताले १५ हजार नगद पाउने छन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार र पाँच हजार नगद पाउने छन्।

त्यस्तै, प्रतियोगिताको रकेर्ड तोड्नेले थप पाँच हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ। चौथो संस्करणसम्म १३.४ किमी दौडमा पुरुषतर्फ किरण बोगटीले ५४ मिनेट ८.३ सेकन्डको रेकर्ड कायम गरेका छन् भने महिलातर्फ पुष्पा भण्डारीको रेकर्ड छ।

भण्डारीले एक घण्टा ६ मिनेट ४३ सेकेन्डमा सो दूरी पार गरेकी छन्। त्यस्तै, भण्डारीले पछिल्लो साग गेम्समा पनि राष्ट्रिय कीर्तिमान कामय गरेकी थिइन्।

पाँचौ झिल्टुङ्ग दौड प्रतियोगितामा छात्र र छात्रातर्फ पनि खुला ४.५ किमी दौड आयोजना गरिएको छ। ४.५ किमी दौडको विजेताले पाँच हजार पाउनेछ। त्यस्तै दास्रो र तेस्रो हुनेले क्रमशः तीन हजार र दुई हजार पाउनेछ।

प्रकाशित: Dec 26, 2020| 10:17 शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।