शनिबार, असार २७, २०८३

पीएम कप महिला टी–२० को उद्घाटन खेलमा लुम्बिनीको जित

दाङको लमही क्रिकेट मैदानमा आज(शनिबार)बाट सुरु भएको प्रधानमन्त्री(पीएम) कप महिला क्रिकेटको उद्घाटन खेलमा लुम्बिनीले सुरुवाति जित निकालेको छ।
 |  शनिबार, पुस ११, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ११, २०७७

काठमाडौं– दाङको लमही क्रिकेट मैदानमा आज(शनिबार)बाट सुरु भएको प्रधानमन्त्री(पीएम) कप महिला क्रिकेटको उद्घाटन खेलमा लुम्बिनीले सुरुवाति जित निकालेको छ।

टस जितेर फिल्डिङ रोजेको लुम्बिनीले प्रदेश २ लाई नौ विकेटले हराउँदै जित निकालेको हो।

यता पहिले ब्याटिङको निम्तो पाएको प्रदेश २ ले पुरा ओभर खेल्दै सात विकेटको क्षतिमा ७७ रन मात्र जोड्न सक्यो। 

जसका लागि अनुराधा चौधरी र साना प्रविनले समान २१–२१ रन बनाए। अनुराधा, गीता गोसाईको बलबाट आउट भइन् भने साना रनआउट बनिन्। 

त्यस्तै, विमला मगरले १० रनको योगदान दिँदा गोमा आलेले तीन रन बनाएको खेलमा अतिरिक्त २० रन प्राप्त भयो।

प्रदेश २ लाई सस्तैमा रोक्न सुस्मिता भुषालले तीन विकेट गिराइन भने स्वस्तिका बजगाईँ, नेरी थापा र गोसाईले समान १–१ विकेट लिए।

७८ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको लुम्बिनीले एक विकेट गुमाएर २३ बल बाँकी रहँदै लक्ष्य पुरा गर्यो।

लक्ष्य प्राप्तिका लागि सरस्वती जिएमले २२ रन बनाइन्। खेलमा गोसाई र कप्तान नेरी थापा अविजित रहे। 

गोसाईले सर्वाधिक २३ रन बनाईन भने कप्तान नेरी थापाले १५ रनको योगदान दिइन्। 

यता प्रदेश २ की कविता गौतमले एकमात्र विकेट लिइन्।

समूह चरणको खेलमा पहिलो जित निकाल्दै समूह ए अन्तर्गत लुम्बिनीले २ अंक जोडेको छ।

पहिलो दिनको दोस्रो खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले कर्णाली प्रदेशको सामना गर्नेछ। एपीएफ साविक विजेतासमेत हो।

प्रकाशित: Dec 26, 2020| 07:22 शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।