आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • भोलिदेखि पीएम कप महिला क्रिकेट सुरु हुने, मुख्य प्रायोजक सगरमाथा सिमेन्ट

भोलिदेखि पीएम कप महिला क्रिकेट सुरु हुने, मुख्य प्रायोजक सगरमाथा सिमेन्ट

भोलि (शनिबार)बाट दाङको लमहीमा सुरु हुने प्रधानमन्त्री (पीएम) कप महिला टी-२० क्रिकेटको मुख्य प्रायोजन सगरमाथा सिमेन्टले गर्ने भएको छ।
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

काठमाडौं- भोलि (शनिबार)बाट दाङको लमहीमा सुरु हुने प्रधानमन्त्री (पीएम) कप महिला टी-२० क्रिकेटको मुख्य प्रायोजन सगरमाथा सिमेन्टले गर्ने भएको छ।

नेपाल क्रिकेट संघ(क्यान)ले आज एक सूचना जारी गर्दै पीएम कप महिला टी–२० क्रिकेटको मुख्य प्रायोजक सगरमाथा सिमेन्ट रहेको बताएको हो।

भोलिबाट सुरु हुने प्रतियोगिता पुसको १९ गतेसम्म चल्नेछ। 

यसअघि क्यानले १७ गते सेमिफाइनल खेल र १९ गते फाइनल खेल हुने भनिएकाे थियाे। तर, तालिका परिवर्तन गर्दै १८ र १९ गतै सेमिफाइनल र फाइनल खेल निर्धारण गरिएकाे छ।

त्यस्तै अब सेमिफाइनल खेल र समूह चरणका खेलबीच एक दिनको ‘ब्रेक’ रहनेछ। 

फाइनल खेलबाहेक अन्य सबै दिन दुई खेल हुनेछन्। 

पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ भने दोस्रो खेल १ बजे सुरु हुनेछ।

प्रकाशित: Dec 25, 2020| 15:58 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।