आइतबार, असार २८, २०८३

‘सी’ डिभिजन लिग फुटबल चैतमा

स्थगित भएको २०७६ सालको सहिद स्मारक ‘सी’ डिभिजन लिग आगामी चैत १ गतेदेखि सञ्चालन हुने भएको छ ।
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

काठमाडौं- स्थगित भएको २०७६ सालको सहिद स्मारक ‘सी’ डिभिजन लिग आगामी चैत १ गतेदेखि सञ्चालन हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सी डिभिजन लिगका पदाधिकारीसँग छलफल गर्दै गत वर्ष चैतमा स्थगित भएको लिग पुनः सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीका कारण सी डिभिजन लिग स्थगित भएको थियो । गत वर्ष स्थगित भएका  घरेलु प्रतियोगिता यस वर्षभित्रै सम्पन्न गरिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए।

सी डिभिजन लिगको तयारी गर्न एन्फाले प्रत्येक क्लबलाई रु नौ लाख सहयोग गर्ने भएको छ । यसअघि लिग तयारीका लागि प्रत्येक क्लबलाई एन्फाले रु सात लाख आर्थिक सहयोग गर्दै आएको थियो । छलफलमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव ईन्द्रमान तुलाधर, लिग कमिटीका संयोजक विज्ञानराज शर्मालगायत एन्फा पदाधिकारी सहभागी थिए।

एन्फाले बुधबारमात्र २०७६ सालमा कोरोनाका कारण स्थगित गरिएको सहिद स्मारक ‘बी’ डिभिजन लिग आगामी फागुन ११ गतेदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो ।

नौ महिनाअघि बीचमै रोक्नुपरेको लिगलाई एन्फाको लिग कमिटीले पुनः सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता राईले बताए। लिग सञ्चालनका क्रममा स्वास्थ्य मापदण्डको पालना गरिनुका साथै सबै खेलाडीको कोरोना परीक्षण गरिने छ । 
 

प्रकाशित: Dec 25, 2020| 00:39 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।