आइतबार, असार २८, २०८३

पीएसजीको सानदार जितपछि प्रशिक्षक टुचेल बर्खास्त

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ।
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ। क्लबमा साढे दुई वर्षको कार्यकालपछि साविक लिग वान विजेताले मुख्य प्रशिक्षक टुचेललाई बर्खास्त गरेको हो।

सिजनमा खराब सुरुवात गरेको पीएसजी जारी सिजनमा पनि तेस्रो स्थानमा छ। साथै क्लबका निर्देशकसँगका उनको असहमति भएपछि क्लबले उनीबारे गम्भीर निर्णय लिएको हो।

उनको प्रशिक्षणमा बुधबार राति मात्र क्लबले स्ट्रासबर्गविरुद्ध ४–० गोलको जित निकालेको थियो।

पीएसजीका प्रशिक्षक नासर अल खिलाफी च्याम्पियन्स लिगमा विजेता बन्न चहान्छन्। तर टुचेलको टिम गत वर्षको च्याम्पियन्स लिगमा जर्मन क्बल बायर्न म्युनिखसँग पराजित भएको थियो।

त्यस्तै, फ्रान्सको शीर्ष फुटबल लिग वानमा पीएसजीले १७ खेल खेल्दै ११ जित निकालेको छ। यसकारण अंकतालिकाको शीर्ष तीनमा पनि पेचिलो प्रतिस्पर्धा छ।

बुधबार रातिको खेलमा पीएसजीले जित निकाले पनि ऊ तेस्रो स्थानमा छ।

त्यस्तै, गएराति नै भएको अर्को खेलमा शीर्षस्थानको लिल्लले मोन्टेपिलरलाई ३–२ गोलले हराएको छ भने दोस्रो स्थानको लियोनले नान्टेसलाई ३–० गोलले हराएको छ।

अंकतालिकामा लिल्ल र लियोनको समान ३६ अंक हुँदा पीएसजीको ३५ अंक छ। चौथो स्थानको रेन्निसको भने ३१ अंंक छ। सबैले १७ खेलमा सहभागिता जनाएका छन्।

प्रकाशित: Dec 24, 2020| 11:58 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।