सोमबार, चैत २, २०८२

पीएम कपका लागि महिला टिम घोषणा गर्दै प्रादेशिक संघ

यही पुस ११ गतेबाट आयोजना हुन लागेको प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको लागि प्रादेशिक संघहरुले टिम सार्वजनिक गर्न थालेका छन्।
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं– यही पुस ११ गतेबाट आयोजना हुन लागेको प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको लागि प्रादेशिक संघहरुले टिम सार्वजनिक गर्न थालेका छन्।

National life

प्रदेश १ मा पुुस तीन गतेबाट छनाेट प्रतियोगिता सुरु भएर पुस ६ गते सकिएको छ। प्रतियोगिता सम्पन्न भएसँगै उसले टिम सार्वजनिक गरेको छ।

प्रदेश नम्बर १ ले महिलातर्फको टिम घोषणासमेत गरिसकेको छ। राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तानसमेत रहेकी रुविना क्षेत्रीले प्रदेश १ को टिमको कप्तानी गर्नेछिन्।

टिममा कप्तान क्षेत्रीसँगै अप्सरी बेगम, निशा शाह, रोमा थापा, काजोल श्रेष्ठ, स्मृति कटवाल, सबनम राई र ज्योति दनुवार छन्। टिममा परेका बाँकी खेलाडीमा निगीमा तामाङ, लकिता राजबंशी, अलिशा खड्का, संगम तामाङ, जमुना कार्की, पायल मगर, टिका शाह, सलिना तामाङ, अंशु जैसवाल र भिमा कुँवर छन्।

प्रदेश २ मा मंसिर २५ बाट प्रतियोगिता सुरु भएर फाइनलका खेलहरु सम्पन्न भइसकेका छन्। प्रदेश २ को महिला टोलीको कप्तानी भने सरस्वती चौधरीले गर्नेछिन्।

Laxmi sunrise bank
kumari

त्यस्तै, शोभा आले टिमको उपकप्तान छिन्। जहाँ उर्मिला चौधरी, सन्तोषी चौधरी, आरती चौधरी, कविता गौतम, अनुराधा चौधरी, बिमला मगर, रोजी कडारी, गोमा आले, मेलिना रायमाझी, साना प्रविन, नितु चौधरी, चाँदनी अधिकारीले प्रदेश २ को टिम पूरा गर्छन्।

यसबाहेक चार जना वैकल्पिक खेलाडी पनि छनोट गरिएको छ। गण्डकी प्रदेशबाट पनि १४ खेलाडी पीएम कपको लागि छनोटमा परेका छन्।

गण्डकी प्रादेशिक संघबाट छनोटका परेका खेलाडीको कप्तानी शिला रेग्मीले कप्तानी गर्ने छिन् भने उपकप्तानमा सिमाना केसी छिन्।

टिममा सृष्टि पौडेल, सृजना पौडेल, एलिशा लामिछाने, ज्योत्स्नाका मरासिनी, सोनिया थापा, कुसुम गोदार, अञ्जली विक, पूर्णता शाही, प्रमिला बानिया, गंगा लुंगेली, अमृता वाग्ले र विन्दु थापा मगर छन्।

लुम्बिनी प्रादेशिक टोलीले पनि टिमको घोषणा गरिसकेको छ। खेलाडीहरूमा नेरी थापा, सरस्वती पुन, गीता घोसाई, स्वस्तिका बजगाईँ, सरिजा जिसी, सरस्वती जिएम, सर्मिला रोका मगर, लक्ष्मी चौधरी, मधु डीसी, कृतिका मरासिनी, नितू भण्डारी, एलिसा केसी, वर्षा राना, सुस्मिता भुषाल छन्।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा प्रादेशिक संघले महिला छनोट आज (बिहीबार) सम्पन्न गरेको छ भने बाँकी टिमहरु पनि प्रतियोगिताको तयारीको अन्तिम चरणमा छन्।

पीएम कपका सबै खेल दाङको लमही मैदानमा हुनेछन्। कपमा सात प्रदेशका सात टिम र सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ सहभागी हुने छन्।

आठ टिमलाई दुई समूहमा बाँडेर खेल गराउने क्यानले जनाएको छ। जसमा एपीएफ, प्रदेश २, कर्णाली र लुम्बिनी समूह ए मा छन् भने सुदूरपश्चिम, वागमती, गण्डकी र प्रदेश १ समूह बीमा छन्।

समूह चरण अन्तर्गत एक दिनमा दुई खेल हुनेछन् भने सेमिफाइनलका दुबै खेल पुस १७ गते हुनेछन्। समूह चरण र सेमिफाइनल खेलबीच ब्रेक हुने छैन तर सेमिफाइनल र फाइनलबीच एक दिन खेलाडीले आराम पाउनेछन्।

तालिकाअनुसार फाइनल खेल पुस १९ गते हुनेछ।

पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेता र बीको उपविजेताले प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो सेमिफाइनलमा समूह बीको विजेता र ए को उपविजेताले प्रतिस्पर्धा गर्नेछन्।
 

प्रकाशित: Dec 24, 2020| 10:43 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।