आइतबार, असार २८, २०८३

कास्की बन्यो प्रदेशस्तरीय क्रिकेटको च्याम्पियन

नवलपुरमाथि ८६ रनको विशाल अन्तरले जीत निकाल्दै कास्की प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ। 
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

पोखरा– नवलपुरमाथि ८६ रनको विशाल अन्तरले जीत निकाल्दै कास्की प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ। 

टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले निर्धारित ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २ सय एक रनको योग तयार पा¥यो। 

कास्कीका लागि अर्जुन कुमालले सर्वाधिक ७७ रन बनाए। एक सय २७ बल खेलेका उनले १० चौका हिर्काए। 

सुवास भण्डारीले ३४, विपीन खत्रीले ३०, अमृत गुरुङले अविजित १८ रनको योगदान गरे। 

नवलपुरका लागि विशाल पौडेलले २ तथा विज्ञान गौतम, लक्की सापकोटा र कमल परियारले १–१ विकेट लिए।

२ सय २ रनको लक्ष्य पछ्याएको नवलपुरले ३१ ओभर खेल्दै १ सय १५ रनमै समेटियो। 

उसका लागि राहुल शर्माले ३२ तथा सन्देश बस्नेतले अभिजित २९ रन जोडे। कास्कीका लागि विपिन खत्री र दिपेश खत्रीले ३–३ विकेट लिए भने सुवास भण्डारीले २ तथा अमृत गुरुङ र देव शाहले १–१ विकेट लिएका थिए।

लिगमा तीनवटै खेल जितेको कास्की ६ अंकका साथ च्याम्पियन बनेको हो। प्रतियोगितामा सुवास भण्डारी वेष्ट बलर र म्यान अफ दि सिरिज बन्न सफल भए। 

दुईवटा इनिङमा २७ ओभर बलिङ गरेका उनले ७ मेडन राख्दै ६८ रन खर्चेर ८ विकेट लिए। उनले ब्याटिङतर्फ ५३ रन बनाए। कास्कीकै अर्जुन कुमाल उत्कृष्ट व्याट्सम्यान भए। उनले तीन खेलमा कुल १ सय ४२ रन जोडेका थिए।

विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख लक्ष्मण योगी, प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सिना, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगिताका बेस्ट व्याट्स्म्यानलाई नगद १० हजारले पुरस्कृत गरिएको गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजुले जानकारी दिए। 

लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु छानेर प्रधानमन्त्री कपका लागि प्रदेशस्तरीय टोली तयार गरिने छ। 

पुस ११ गतेदेखि प्रधानमन्त्री कप अन्तर्गत काठमाडौंमा पुरुषतर्फ र दाङमा महिला तर्फको प्रतिस्पर्धा हुँदै छ। 

 

प्रकाशित: Dec 24, 2020| 05:02 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।