आइतबार, असार २८, २०८३

सोमपाल, कुशल र करणले अबुधाबी टी–१० लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सोमपाल कामी, करण केसी र कुशल मल्ल आगामी वर्ष हुने अबुधाबी टी–१० लिगमा पर्न सफल भएका छन्।
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सोमपाल कामी, करण केसी र कुशल मल्ल आगामी वर्ष हुने अबुधाबी टी–१० लिगमा पर्न सफल भएका छन्।

बुधबार राति सम्पन्न ड्राफ्टबाट नेपाली फास्ट बलर सोमपाललाई यूएईको माराठा अरबिजले आफ्नो टिममा नियुक्त गरेको हो।

त्यस्तै, ड्राफ्टबाट युवा ब्याट्समेन कुशल मल्ललाई अबुधाबी टिमले फ्रेन्चाइज क्लबले टिममा लिएको छ भने बलर करण केसीलाई पुने डेभिल्सले टिममा लिएको हो।

यसअघि नै नेपाली अन्तर्राष्ट्रिय खेलाडी पारस खड्का टिम अबुधाबीको मेन्टरका रुपमा नियुक्त भएका छन्। अघिल्लो सिजन मात्र सोही टिमबाट खेलेका खड्कालाई क्लबले इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त गरेको हो।

पारसले त्यहाँ युवा खेलाडीलाई प्रशिक्षण गराउने छन्। त्यस्तै पारसकै टिममा युवा खेलाडी कुशल मल्ल पनि पर्न सफल भएका हुन्। सोही टिममा विस्फोटक ब्याट्स्मेन क्रिस गेल पनि छन्।

यूएईमा हुने टि–१० लिग आउँदो वर्षको जनवरी २८ बाट शेख जायद रंगशालामा सुरु हुँदैछ।

प्रतियोगितामा बंगला टाइगर्स, मराठा अरबिज, डेक्कन ग्लाडिएटर्स, कलन्दर्स, दिल्ली बुल्स, नर्देन वारियर्स, पुने डेविल्स र टिम अबुधाबीले प्रतिस्पर्धा गर्नेछन्।
 

प्रकाशित: Dec 24, 2020| 02:36 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।