आइतबार, असार २८, २०८३

युनाइटेड र टोटेनहम काराबाओ कपको सेमीफाइनलमा

बलियो प्रतिस्पर्धि एभर्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेड र्ईएफएल काराबाओ कपको सेमीफाइनलमा प्रवेश गरेको छ।
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं – बलियो प्रतिस्पर्धि एभर्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेड र्ईएफएल काराबाओ कपको सेमीफाइनलमा प्रवेश गरेको छ।

गोडिसन पार्क रंगशालामा सम्पन्न खेलमा एभर्टनलाई २–० हराउँदै युनाइटेड अघिल्लो चरणमा प्रवेश गरेको हो।

युनाइटेडको जितका लागि एडिसन काभानी र एन्थोनी मार्सलले लेट गोल गरे। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ बरबारीमा रोकिएको थियो भने दोस्रो हाफको पनि अन्तिम समयमा मात्र युनाइटेड गोल गर्न सफल बन्यो।

मार्सलको पासको सदुपयोग गर्दै काभानीले ८८ औं मिनेटमा गोल गरे भने मार्कस रासफर्डको पासमा मार्सलले इन्ज्युरी समयको छैटौं मिनेटमा गोल गरे।

त्यस्तै, क्वार्टरफाइनलको अर्को खेलमा टोटेनहमले स्ट्रोक सिटीलाई ३–१ गोलले हराएको छ।

टोटेनहमको जितका लागि ग्यारेथ बेलले २२ औं मिनेटमा गोल गर्दै अग्रता बनाएका थिए। उनको गोलसँगै पहिलो हाफमा टोटेनहम एक गोले अघि रह्यो। तर ५३ औं मिनेटमा स्ट्रोक सिटीका जोर्डन थोम्सनले गोल गर्दै टोटेनहमको अग्रता खोसे।

थोमसनको गोलसँगै बराबरी भएको खेलमा बेन डाविसले ७० औं मिनेट र ह्यारी केनले ८१ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई जित दिलाए।

जितसँगै टोटेनहमले अब सेमीफाइनल खेलमा ब्रेन्टफर्ड सिटीसँग प्रतिस्पर्धा गर्ने भएको छ। त्यस्तै, म्यानचेस्टर युनाइटेडले दोस्रो सेमीफाइनल खेलमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ।

पहिलो र दोस्रो सेमीफाइनल खेल जनवरी ६ तारिकमा हुनेछ।
 

प्रकाशित: Dec 24, 2020| 01:05 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।