आइतबार, असार २८, २०८३

पीएसजीको फराकिलो जितसँगै शीर्ष तीनमा कडा टक्कर

साविक विजेता पेरिस सेन्ट जर्मेन(पीएसजी)ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ।
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं– साविक विजेता पेरिस सेन्ट जर्मेन(पीएसजी)ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ।

बुधबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीले स्ट्रासबर्गविरुद्ध ४–० गोलको फराकिलो जित निकालेको हो।

जितका लागि टिमोथी पेम्बेले, केलियन एम्बाप्पे, इड्रिसा गुएउ र मोइसे किनले गोल गरे। खेलको १८ औं मिनेटमा मिडफिल्डर पेम्बेलेले गोल गर्दै पीसएसजीलाई अग्रता दिलाए।

उनले बनाएको अग्रतामै पहिलो हाफ सकिए पनि दोस्रो हाफमा पीएसजील तीन गोल थप्यो।

दोस्रो हाफको ७९ औं मिनेटमा डिमारियाको पासलाई उपयोग गर्दै एम्बाप्पेले अग्रता दोब्बर बनाए भने गुएउले ८८ औं मिनेटमा अग्रता तेब्बर बनाइहाले।

खेलको अतिरिक्त समयमा किनको गोले पीएसजीको ४–० गोल अन्तको जित निर्धारण गर्यो।

जितसँगै पीएसजीले अंकतालिकाको तेस्रो स्थानमा पकड बनाएको छ। यता पराजित स्ट्राबर्ग १४ अंकका साथ १७ औं स्थानमा छ।

गएरातिनै भएको अर्को खेलमा शीर्षस्थानको लिल्लले मोन्टेपिलरलाई ३–२ गोलले हराएको छ भने दोस्रो स्थानको लियोनले नान्टेसलाई ३–० गोलले हराएको छ।

अंकतालिकामा लिल्ल र लियोनको समान ३६ अंक हुँदा पीएसजीको ३५ अंक छ। चौथो स्थानको रेन्निसको भने ३१ अंंक छ। सबैले १७ खेलमा सहभागिता जनाएका छन्।
 

प्रकाशित: Dec 24, 2020| 00:44 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।