सोमबार, चैत २, २०८२

शीर्षस्थानको एथ्लेटिकोसँग रियलको अंक बराबरी

बुधबार रातिको जितसँगै ला लिगामा साविक विजेता रियल मड्रिडले शीर्षस्थानको एथ्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ।
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं– बुधबार रातिको जितसँगै ला लिगामा साविक विजेता रियल मड्रिडले शीर्षस्थानको एथ्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ।

National life

रियलको घरेलु मैदानमा भएको खेलमा उसले पाहुना टिम ग्रानाडालाई २–० गोल अन्तरल हराउँदै अंक बराबरी गरेको हो।

रियलको जितका लागि कासिमेरो र करिम बेञ्जेमाले समान १–१ गोल गरे। खेलको पहिलो हाफ गोल रहित बराबरीमा रोकिएपछि कासिमेरोले पहिलो गोल नै दोस्रो हाफमा गोल गरे।

मार्को एसेन्सियोले ५७ औं मिनेटमा दिएको पासलाई उपयोग गर्दै कासिमेरोले गोल गरे। त्यस्तै, खेलको अतिरिक्त समयमा इस्कोलोले दिएको पासलाई बेञ्जेमाले गोलमा बदल्दै २–० को जित कायम गरेका थिए।

२–० को जितसँगै रियलले १५ खेलबाट ३२ अंक बनाएको छ भने दुई खेल कम खेलेको एथ्लेटिको मड्रिडको ३२ अंक छ।

Laxmi sunrise bank
kumari

त्यस्तै रियल सोसिडाड र भिल्ला रियल समान २६ अंकका साथ तेस्रो र चौथो स्थानमा छन्।

खराव सुरुवात गरेको रियल मड्रिडले पछिल्ला ६ खेलमा  लगातार जितको शृंखला कामय राखेको छ र ला लिगामा लगातार पाँच खेल जित्दै लयमा फर्किएको छ।

तर बुधबार रातिको खेल उसका लागि घातक सिद्ध भयो। रियलको भरपर्दा ब्राजिलियन विंगर रोड्रिगो ह्यामस्ट्रिङ इन्ज्युरीका कारण मैदान बाहिरिएका छन्।

ला लिगामा गएराति नै सम्पन्न खेलमा रियल बेटिसले कार्डिजलाई १–० गोलले हराएको छ भने अलाभेसले आइबरलाई २–१ गोलले हराएको छ। 
 

प्रकाशित: Dec 24, 2020| 00:38 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।