आइतबार, असार २८, २०८३

बी डिभिजन लिग फागुनमा गर्ने तयारी

 कोरोना महामारीका कारण रोकिएको सहिद स्मारक बी डिभिजन लिग ११ महिनापछि सञ्चालन हुने भएको छ। 
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

काठमाडौं- कोरोना महामारीका कारण रोकिएको सहिद स्मारक बी डिभिजन लिग ११ महिनापछि सञ्चालन हुने भएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा)को आज (बुधबार) बसेको केन्द्रीय समितिको बैठकले आगामी २०२१ फेब्रुअरी २३ (फागुन ११) बाट लिग सञ्चालन गर्ने निर्णय गरेको हो। 

गत चैत ५ बाट बी डिभिजन लिग रोकिएको थियो। 

बैठकमा क्लबका प्रतिनिधिहरूले खेलाडीको स्वास्थ्य मापदण्ड र खेल सञ्चालनबारे चिन्ता व्यक्त गरेको एन्फाले जनाएको छ। 

यसकारण एन्फाले विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ एएफसीको ‘गाइडलाइन’अनुसार नै प्रशिक्षण सुरु गर्ने बताएको छ।

लिग कसरी सञ्चालन गर्नेबारे क्लब र एन्फाका प्रतिनिधिबीच थप सल्लाह हुने एन्फाले बताएको छ।

लिग सुरु हुने भएपछि सातदोवाटो युथ क्लबका कप्तान वसन्त तामाङले फुटबल सुरु हुने कुराले हर्षित भएको बताए। ‘हामी शीर्षमा थियौं अब त्यो लय रहन्छ वा रहन्न भन्ने मुख्य कुरा हो।’

लिग रोकिनुअघि सातदोबाटो क्लब ए डिभिजन बढुवा हुने बाटोमा थियो। ‘अब बढुवा हुने आशाका साथ अभ्यास गरिरहेका छौं,’ उनले भने। 

प्रकाशित: Dec 23, 2020| 12:36 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।