आइतबार, असार २८, २०८३

भेट्रान्स कप फुटबलको छैटौं संस्करण माघमा

भेट्रान्स कप राष्ट्रिय फुटबल खेलको छैटौं संस्करण आगामी माघ ६ गतेदेखि हुने भएको छ। 
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

हेटौंडा– बागमती प्रदेशको राजधानी हेटौंडामा  हरेक वर्ष आयोजना हुँदै आएको भेट्रान्स कप राष्ट्रिय फुटबल खेलको छैटौं संस्करण आगामी माघ ६ गतेदेखि हुने भएको छ। 

प्रतियोगिताबारे जानकारी दिन हेटौंडा भेट्रान्स क्लबद्वारा हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा देशभरका कुल १६ वटा टोलीको सहभागिता रहने जानकारी दिइएको हो। 

प्रतियोगितामा हेटौंडासहित वीरगन्ज, चितवन, पोखरा, काठमाडौं, विराटनगर, कोल्बी, जितपुरलगायतका स्थानबाट सहभागिता हुनेछ। 

प्रतियोगितामा फुटबल क्षेत्रबाट राष्ट्रिय टोलीबाट खेलिसकेका पनि सहभागी हुने पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष दीपक बज्राचार्यले जानकारी दिए।

प्रतियोगिता हेटौंडा उपमहानगरपालिका–४ को लोकतान्त्रिक खेलमैदान हुप्राचौरमा सञ्चालन हुनेछ। 

प्रतियोगिताका प्रथम हुने समूहले एक लाख एक हजार १११, दोस्रोले ५१ हजार १११ र उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

यस्तै उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र समूह कोचलाई समेत जनही पाँच हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ। पाँचौं संस्करणको उपाधि बगर भाइ खेल भेट्रान पोखराले जितेको थियो। रासस

प्रकाशित: Dec 23, 2020| 10:01 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।