शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • बार्सिलोना प्रशिक्षक कोम्यान भन्छन्– धेरै पटक भनिसकें, मेस्सी खुसी छन्

बार्सिलोना प्रशिक्षक कोम्यान भन्छन्– धेरै पटक भनिसकें, मेस्सी खुसी छन्

बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सीले मंगलबार राति पेलेको रेकर्ड तोड्दै नयाँ विश्व कीर्तिमान बनाएपछि प्रशिक्षक रोनाल्ड कोम्यानले मेस्सी खुसी रहेको बताएका छन्।
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

काठमाडौं– बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सीले मंगलबार राति पेलेको रेकर्ड तोड्दै नयाँ विश्व कीर्तिमान बनाएपछि प्रशिक्षक रोनाल्ड कोम्यानले मेस्सी खुसी रहेको बताएका छन्।

गएराति रियल भाल्लाडोलिडविरुद्ध मेस्सीको प्रदर्शन देखेर आफू पनि दंग परेका प्रशिक्षक कोम्यानले क्याटलान क्लब बार्सिलोनामा मेस्सीको खुसीको विषयलाई लिएर सन्देह गर्नु नपर्ने बताए।

मंगलबार राति अवे मैदानमा ३–० गोल अन्तरको जितका लागि मेस्सीले तेस्रो गोल गरेका थिए। उनको त्यो गोलले विश्व कीर्तिमान कायम गरेको छ।

‘मैले यही कुरा धेरै पटक भनिसकेँ,’ मेस्सीको प्रदर्शनबारे प्रश्नमा कोम्यानले भने, ‘र, मैले देखेको छु– क्लबमा मेस्सी खुसी छन्। हाम्रा लागि उनको सक्रियता धेरै महत्वपूर्ण छ। तपाईं देख्न सक्नुहुन्छ– त्यहाँ उनीसँग धेरै राम्रा खेलाडी पनि छन्।’ गएरातिको खेलमा उत्कृष्ट भूमिका निर्वाह गर्नेमा पेड्री र मरेलिम पजानिक पनि थिए। ‘पेड्री धेरै राम्रा खेलाडी हुन्, जब उनी मिडफिल्डमा खेल्छन्,’ कोम्यानले भने, ‘पजानिकले आफ्नो अवसरको लागि धैर्य गर्नुपर्छ। तर उनले राम्रो खेलेका छन्। उनी रक्षापंक्तिमा पनि खरो उत्रिन्छन्।’

कोम्यानले गएराति सेटअप परिवर्तन गरेर ३–४–२–१ को मोडेलमा खेलाएका थिए। जसमा उनी शतप्रतिशत सफल रहे। ‘हामीले डिफेन्स विंग्स राम्रो बनाउन रणनीति परिवर्नत गरेका थियौँ,’ कोम्यानले स्पष्ट पारे, ‘जहाँ हामीले गम्भीर प्रदर्शन देख्न सक्यौँ।’

बार्सिलोनाले क्लिन सिट बनाएको खेलमा मेस्सीले बार्सिलोनाको तर्फबाट ६४४ गोल गरेका छन्। उनले ब्राजिलका पेलेले सान्तोषमा बनाएको ६४३ गोलको रेकर्डसमेत तोडे। २००५ मा बार्सिलोनाबाट पहिलो गोल गरेका मेस्सीले १५ वर्षे खेल जीवनमा ६४४ गोल गरेका हुन्। पेलेले १९ वर्ष (१९५६–१९७४)मा उक्त कीर्तिमान बनाएका थिए।

मेस्सीले बार्सिलोनामा दश ला लिगा, चार च्याम्पियन्स लिगका साथै अन्य उपाधि जितेका छन्। तर गत अगस्टमा उनी क्लबसँग विवादमा अल्झिएका थिए।

सोही समयमा गोल डटकमसँग एक अन्तर्वाता दिँदै उनले समर विन्डोमा भएका गतिविधि स्पष्ट पारेका थिए। जहाँ मेस्सी बार्सिलोना छोडेर म्यानचेस्टर सिटी जाने हल्ला थियो। यता पीएसजी पनि उनलाई अनुबन्ध गर्न आतुर बनेको थियो।

त्यस्तै मेस्सीले भर्खरै स्पेनिस टेलिभिजन लासिक्सतासँग अन्तर्वार्ता दिँदै सिजनको सुरुवात राम्रो नभएको बताएका छन्। ‘सिजनको सुरुवातमा केही मुस्किल देखिए पनि अहिले राम्रो बन्दै गएको छ। तर पछिल्लो गर्मी याम धेरै नराम्रो थियो,’ ३३ बर्से अजेन्टिनीले भने।

साथै उनले अहिले क्लब अप्ठ्यारो अवस्थामा भएको र आफू ला लिगा जित्नका लागि लागिपरेको बताएका छन्।
 

प्रकाशित: Dec 23, 2020| 07:45 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।