आइतबार, असार २८, २०८३

टुंगियो युभेन्टसको अपराजित यात्रा

१० खेलाडीमा समेटिएको साविक विजेता युभेन्टसको सिरी–एमा अपराजित यात्रा टुंगिएको छ। 
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

काठमाडौं– १० खेलाडीमा समेटिएको साविक विजेता युभेन्टसको सिरी–एमा अपराजित यात्रा टुंगिएको छ। 

मंगलबार राति युभेन्टसले फयोरेन्टिनसँग घरेलु मैदानमै ३–० गोलको हार बेहोरेपछि उसको अपराजित यात्रा टुंगिएको हो।

हारसँगै एक स्थान गुमाएको युभेन्टस अंकतालिकामा ३१ अंक बनाएर शीर्षस्थानमा रहको एसी मिलानभन्दा ७ अंकले पछि छ।

त्यस्तै युभेन्टसलाई इन्टर मिलानले ६ अंकले जितेको छ भने एक खेल कम खेल्दै तेस्रो स्थानमा रहेको नापोलीसँग उसको समान २४ अंक छ।

सिरी एमा युभेन्सटले यसअघि हार नबेहोरेको भए पनि ६ खेल बराबरी गरिसकेको छ। जसकारण उसलाई अंक प्राप्तिमा कठिनाइ भएको थियो।

तर गएरातिको खेलमा हासँगै उसले जनवरी विन्डोका लागि खराब संकेतसमेत प्रदान गरेको छ।

यता युभेन्टसलाई हराउन फियारेन्टिनाका डुसन व्लाहोविच र मार्टिन क्यासेरेसले समान १–१ गोल गरे भने घरेलु टिमै एलेक्स सेन्ड्रोेले आत्मघाती गोल गरे।

यता पहिलो गोलपछि नै युभेन्टसका जुवन कुवाड्राडोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युभेन्टस दबाबमा आएको थियो। उनले क्यास्ट्रोभिल्लीमाथि फल गरेपछि रेफ्रिले उनलाई यल्लो कार्ड देखाएका थिए।

तर भीएआरको रिप्ले हेरेपछि निर्णय परिवर्तन गरेर रेडकार्ड देखाएका थिए। जितसँगै फियोरेन्टिना अंकतालिकाको १५ औं स्थानमा छ।
 

प्रकाशित: Dec 23, 2020| 02:03 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।