आइतबार, असार २८, २०८३

कारबाओ कप : आर्सनललाई हराउँलै म्यानचेस्टर सिटी सेमीफाइनलमा 

काठमाडौं– इंग्लिस फुटबल लिगको काराबाओ कपमा आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी सेमीफाइनलमा प्रवेश गरेको छ।
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

काठमाडौं– इंग्लिस फुटबल लिगको काराबाओ कपमा आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी सेमीफाइनलमा प्रवेश गरेको छ।

आर्सनलको घरेलु मैदान इमिरेट्स रंगशालामा सम्पन्न खेलमा सिटीले घरेलु टिमलाई नै ४–१ गोलले हराउँदै सेमीफाइनल प्रवेश गरेको हो।

सिटीको जितका लागि ग्याब्रियल जिससले सुरुवाती गोल गरे। उनले खेलको तेस्रो मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए पनि ३१ औं मिनेटमा आर्सनलका अजेक्जेन्डर लकाजाट्टेले गोल गर्दै अग्रता खोसेका थिए।

यसकाण पहिलो हाफमा १–१ गोलको बराबरीमा रोखिएको खेलको दोस्रो हाफमा सिटीले ती गोल थप्यो। जहाँ रियाद महरेले ५४ औं मिनेटमा गोल गरे भन फिल फोडेनले ५९ औं मिनेटमा गोल गरे।

खेलको ७३ औं मिनेटमा एमेरिक लापोर्टेले गोल गरेपछि भने सिटीले ४–१ गोलको  जित निकाल्यो।

सिटीसँगै ब्रेन्टफोर्डले पनि न्युकासललाई हराउँदै सेमीफाइनल प्रवेश गरेको छ।

कारबाओ कपको क्वार्टरफाइनलको बाँकी दुई खेलमा आज राति स्टोक सिटीसँग टोटेनहमले खेल्नेछ भने एभर्टनसँग म्यानचेस्टर युनाइटेडले प्रतिस्पर्धा गर्नेछ।
 

प्रकाशित: Dec 23, 2020| 01:25 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।